
चैत्र ८,
साना किसान कृषि सहकारी संस्था लि. जोशीपुरले Global Money Week अन्तरगत आजको बचत भोलिको सुरक्षा विषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। श्री मोहन्याल माध्यमिक विद्यालय बडहरिया जोशीपुरका विद्यार्थीहरु विच बक्तृत्वकला प्रतियोगिता गरिएको थियो । १० जना प्रतिस्पर्धी सहभागि रहेको प्रतियोगितामा चित्रा मटेली प्रथम, राधिका चौधरी द्धितीय र प्रतिज्ञा चौधरी तृतीय स्थान प्राप्त गरि नगद पुरस्कार प्राप्त गरेका थिए । जसमा प्रथम पुरस्कार ५ हजार, द्धितीय ३ हजार र तृतीय १ हजार ५ सय रहेको थियो ।

साना किसान कृषि सहकारी संस्थाकि अध्यक्ष गोमा दवि आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा बक्तृत्वकलालाई शिक्षक राजेश चौधरी, हरि प्रसाद कुश्मी र आर्यन जोशीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष आचार्यले आजका विद्यार्थीहरु भविश्यमा विदेश जाने सोच नबनाई स्वदेशमै केहि गर्ने सोच लिएर अगाडी बढ्नु पर्ने बताउनुभयो । साना किसानले यो विद्यायलका विद्यार्थीहरुलाई विभिन्न कार्यक्रम मार्फत प्रोत्साहन गर्दै आएको बताउँदै वहाँले विद्यार्थीहरु अहिले कुलत तथा लागु पदार्थ दुव्र्यशनीमा नफसि थोरै भएपनि बचत गर्ने बानीको विकास गर्नु पर्ने र आफ्नो उज्वल भविश्यको लक्ष्य तर्फ गम्भीर हुनुपर्ने समेत वहाँले बक्तव्य दिनु भयो ।

कार्यक्रममा विद्यालयका प्र.अ. देवेन्द्र प्रसाद शाहले विद्यार्थीलाई अनुशासनको महत्व वारे बक्तव्य दिनु भएको थियो भने कार्यक्रम संचालिका तथा साना किसान कृषि सहकारी संस्था लि. जोशीपुरकि प्रबन्धक तृसना भट्ट पाठकले संस्थाको शेयर सदस्यहरुको छोराछोरी यस विद्यालयमो अध्ययन गरिरहेको बताउनु भयो । संस्थाले शेयर सदस्यहरुलाई लघु उद्यमी बनाई स्वरोजगार बनाएकोले उनिहरुको पैसालाई जथाभावी खर्च नगरि बचत गर्ने बानीको विकास गर्न र आफ्नो सुनौलो भविष्यको लगानीको त्यो पैसा जोगाईराख्न विद्यार्थीहरुलाई आग्रह र अनुरोध गर्नु भयो ।
