ट्राफिक प्रहरी नरेन्द्र विष्टलाई विदाई/हवलदार मोहनसाउँदलाई सम्मान

चैत्र ६,
अस्थाई ट्राफिक प्रहरी पोष्ट जोशीपुरका नरेन्द्र विष्टलाई सम्मान सहित विदाई गरिएको छ। ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरमा सुरुवा भएपछि विष्टलाई जोशीपुरका व्यापारी, समाजसेवी, शिक्षाप्रेमीहरुले खादामाला लगाई स–सम्मान तरिकाले विदाई गरेका छन् । ईलाका प्रहरी कार्यालयमा भएको फेरी भेटौंला कार्यक्रममा विष्टले जोशीपुर क्षेत्रमा सडक दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै जोशीपुर बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष विष्णु प्रसाद डंगौरा, बजार व्यवस्थापन समितिका बर्तमान उपाध्यक्ष सिद्धराज जोशी, सचिव सुधराम दहित लगायतले आगामी दिनको कार्यकालको शुभकामना सहितको मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जोशीपुर ईलाका प्रहरी कार्यालयमा कार्यरत सहायक हवलदार मोहन साउँदले जेन्जी आन्दोलनमा जोशीपुर गाउँपालिकाको सुरक्षामा एकलै साहासी पुर्वक खटी महत्वपूर्ण योगदान पु¥याएको भन्दै ईलाका प्रहरी कार्यालयका प्रमुख चंख बहादुर कठायतले खादामालाले हौसला स्वरुप सम्मान गर्नु भएको थियो । समग्र जोशीपुरको सुरक्षा र पालिकामा हुन सक्ने क्षेतीलाई मध्यनजर गर्दै आफ्नो ज्यानको समेत पर्वाह नगरि दिएको सुरक्षाको उच्च कदर गर्दै सम्मान गरिएको समेत ईन्चार्ज कठायतको भनाई रहेको थियो । कार्यक्रममा ट्राफिक प्रहरी विष्ट र सवलदार साउँद द्धयलाई आगामी कार्यकालको शुभकामना समेत वहाँले व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *