
चैत्र ५,
किसान बहुउद्देश्यीय सहकारी संस्था दैजी शाखा कञ्चनपुरले सुरक्षण कोष अन्तरगत आफ्नो शेयर सदस्यको परिवारलाई रकम हस्तान्तरण गरेको छ । समुहमा आबद्ध एक जना शेयर सदस्यलाई ३ लाख ३२ हजार ६ सय ९८ रुपैयाँ बराबरको चेक मार्फत सुविधा रकम प्रदान गरेको हो ।

वेदकोट नगरपालिका ५ दैजीमा रहेको केन्द्र नम्बर ३१७२ मा आबद्ध शेयर सदस्य सीता चौधरी डगौराको केही समय अघि मृत्यु भएपछि उहाँका श्रीमान् चन्द्र डगौरा चौधरीलाई संस्थाको सदस्य सुरक्षण कोषबाट सुविधा वाफतको सो रकम हस्तान्तरण गरिएको हो।
संस्थाका शुक्लाफाँटा ईलाका प्रमुख जयशंकर न्यौपानेको सभापतित्वमा बुधबार भएको श्रद्धाञ्जली तथा सुविधा वितरण कार्यक्रमको प्रमुख अतिथिमा वेदकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चित्रदेव भट्ट रहनु भएको थियो । कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ५ का बडघर कलौटीदेवी चौधरी अतिथि रहनु भएको थियो ।
सहकारी संस्थाले आफ्ना सदस्यहरूको सुरक्षण तथा हितका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ।

कार्यक्रममा जल वायु परिर्वनले विश्व वातावरणमा पारेको प्रभावलाई ध्यानमा राखी मृतकका परिवारलाई मृतकको सम्झनामा उहाँहरूको घरआगनमा एक लिच्चीको विरुवा समेत रोपिएको किसान बहुउद्देश्यीय सहकारी संस्था, किसान कोप एग्रोबीजनेश जोशिपुर आउटलेट शाखाका शाखा प्रमुख बिरेन्द्र शाहले जानकारी दिनु भएको छ । कार्यक्रमको सञ्चालन सहकारी संस्थाका दैजी शाखा प्रमुख अनिल चौधरीले गर्नुभएको थियो ।