कैलारीमा प्रशिक्षणलाई सहयोग खेलाडीलाई उपकरण हस्तान्तरण

राजु चौधरी -राज) धनगढी/चैत्र ४,
कैलारी गाउँपालिका वडा नं. ३ स्थित यौङ्ग ब्वाइज क्लबको खेल मैदानमा सञ्चालन भइरहेको पुरुष तथा महिला फुटबल प्रशिक्षण कार्यक्रमलाई सहयोग स्वरूप खेल सामग्री प्रदान गरिएको छ।
पूर्व राष्ट्रिय खेलाडी दिपेस योन्जन लामा र बिकास गुरुङ ले संयुक्त रूपमा २० थान फुटबल र २५ सेट फुटबल जुत्ता -बुट) सहयोग गरेका हुन्।

दिपेस योन्जन लामा, जो पहिले धनगढी निवासी हुन्, हाल काठमाडौंमा बसोबास गर्दै प्रशिक्षकका रूपमा सक्रिय छन्। त्यस्तै, बिकास गुरुङ पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक हुन् र हाल यूकेमा बस्दै आएका छन्।
यस सहयोगले स्थानीय खेलाडीहरूको प्रशिक्षणमा सहजता थपिएको छ। कैलारी गाउँपालिकाका फुटबल प्रशिक्षक भीखराम चौधरीले सहयोगप्रति खुशी व्यक्त गर्दै दुवै खेलप्रेमी व्यक्तित्वलाई धन्यवाद दिएका छन्। उनले आगामी दिनमा पनि यस्ता सहयोगी मन भएका व्यक्तिहरूबाट खेल क्षेत्रको विकासका लागि थप साथ र सहयोगको अपेक्षा गरेको बताए।
स्थानीय स्तरमा खेलकुद प्रवद्र्धन र प्रतिभा विकासका लागि यस्तो सहयोग महत्वपूर्ण हुने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *