
चैत्र ६,
जोशीपुर गाउँपालिका ४ झबहीमा अवस्थित थारु फुडल्याण्डमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि.ले राष्ट्रिय माध्यमिक विद्यालय डहरवेरियाका कक्षा १० का विद्यार्थीहरुलाई Global Money Week तथा वित्तिय साक्षरता तालिम दिएको छ। बुद्धिमानी आर्थिक निर्णय अर्थात सचेत वित्तीय व्यवस्थापन अन्तरगत पैसाको सहि व्यवस्थापन, बचत र लगानीको महत्व, वित्तीय निर्णय लिन सक्षम कसरी बनाउने तथा विद्यार्थीहरुलाई वित्तीय सचेतना दिन तालिम दिइएको संस्थाका जोशीपुर शाखा स्टेशन प्रमुख दिपक बहादुर बोहराले बताउनु भयो ।
Global Money Week मार्च १६ देखि २२ (चैत्र २ देखि ८) सम्म नेपाल राष्ट्र बैंकको संयोजनमा नेपालभर मनाउने कार्यक्रम रहेको र साप्ताहिक कार्यक्रम मार्फत युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान सिप र मनोवृत्तिले विवेक पूर्ण सोच विचार गरि भविश्यमा ठुलो परिमाणमा युवाहरुमा आर्थिक प्राप्तीको लागि महत्वपूर्ण भुमिका खेल्ने उद्देश्यका साथ कार्यक्रम मनाउने समेत वहाँले बताउनु भयो ।

कार्यक्रमलाई जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु भएको थियो । वहाँले बालबालिका राष्ट्रका कर्णधार रहेको बताउँदै उनिहरुमा लगानी गर्न आवश्यक रहेको भनाई राख्नु भएको थियो । त्यसै गरि कार्यक्रमका विशिष्ट अतिथि वडा नं. ४ का अध्यक्ष रामजनम चौधरीले वित्तिय साक्षरता सवैलाई आवश्यक रहेको बताउनु भयो । ऋणको पैसा सहि ठाउँमा प्रयोग गरि आम्दानी बढाएर ऋण तिरि आफु स्वरोजगार भए भने मात्र वित्तिय साक्षरता कार्यक्रमले सार्थकता पाउने पनि वहाँले बताउनु भयो ।
त्यस्तै विद्यार्थीहरुलाई वित्तिय साक्षरता अनिवार्य रहेको ईलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख चंख बहादुर खठायतले बताउनु भयो । वहाँले विद्यार्थीहरु पैसा कसरी बचत गर्ने, सहि ठाउँमा खर्च कसरी गर्ने र कुलतबाट कसरी बच्ने यस विषयमा ज्ञान लिन आवश्यक रहेको र त्यसलाई आफ्नो जीवनमा लागु गर्न समेत जरुरी रहेको वहाँले बताउनु भयो ।
कार्यक्रमलाई संस्थाका जोशीपुर शाखा प्रमुख सुरत बहादुर भुलले शहजीकरण गर्नु भएको थियो भने प्रशिक्षण भने स्टेशन प्रमुख दिपक बहादुर बोहराले गर्नु भएको थियो ।