
धनगढी/फागुन २४,
कैलालीको धनगढी उप–महानगरपालिका ७ बडिमालिका टोलमा एक महिलाको हत्या भएको घटना सार्वजनिक भएको छ।
स्थानीयका अनुसार सो घरमा श्रीमान, श्रीमती, एक छोरा र एक छोरी गरी चार जना बस्दै आएका थिए। हत्या भएकी महिला सरस्वती जोशी रहेको बताइएको छ।
घटनापछि उनका श्रीमान दम्बर जोशी फरार रहेका छन् भने प्रहरीले उनको खोजी कार्य तीव्र पारेको जनाएको छ।
हालसम्म हत्या कसले र किन गर्यो भन्ने विषयमा स्पष्ट जानकारी खुल्न सकेको समेत प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।