डा.चन्द्र गुरुङ्ग सा.व.को १५ औं वार्षिक साधारणसभा सम्पन्न

पुष १२,
डा.चन्द्र गुरुङ्ग स्मृति सामुदायिक वन उपभोक्ता समूह जोशीपुर–१ र ३ को १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। जितेन्द्र कठरियाको सभाध्यक्षतामा सम्पन्न भएको सभाका प्रमुख अतिथि सव डिविजन वन कार्यालय भजनीका प्रमुख लाल बहादुर विश्वकर्मा रहनु भएको थियो ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन रामकुमार कठरियाले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुन्दरी देवी चौधरीले ११ लाख ३० हजार ३ सय ७ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकि थिईन् ।

वनमा मिचाहा प्रजातीको वनस्पतीले वन पैदावारलाई उम्रिन नदिने हुँदा त्यसता प्रजातीलाई झाडी सफाई गर्ने समयमा सफा गरिदिनु पर्ने र सामुदायिक वनले कुल आयको २५ प्रतिशत वन विकासमा खर्चिनु पर्ने प्रमुख अतिथि विश्वकर्माले बताउनु भयो । उपभोक्ताहरुको आवश्यकता धेरै र सामुदायिक वनको क्षमता थोरै रहेकोले जति रुख काटेर विक्रि वितरण गरिने हो त्यसको ठाउँमा प्रति एक रुख कटानमा २५ वटा विरुवा अनिवार्य रोप्नु पर्ने नेपाल सरकारको विधानमा उल्लेख रहेको समेत वहाँले बताउन भयो ।

त्यसै गरि सामुदायिक वनको सिमानामा फरलाईन नहुँदा उपभोक्ताहरुले अर्को समुदायिक वन क्षेत्रमा गएर घाँस दाउरा र नोक्सानी गरिदिने समस्या देखिएकोले प्रत्येक सामुदयिक वनले सिमाना क्षेत्रमा फरलाईन वा तारवार अनिवार्य गर्नु पर्ने देखिएको हरियाली पार्वती सामुदायिक वनका अध्यक्ष राहुल बुढाले बताउनु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय जोशीपुरका ईन्चार्ज चंख बहादुर कठायतले अनुगमन समिति, चोरी सिकारी नियन्त्रण समिति लगायत अन्य समितिले इमान्दारीता पुर्वक आ–आफ्नो कार्य सक्रिय भई गरेमा वन विनास रोक्न सकिने र वन्यजन्तुको संरक्षण पनि हुने बताउनु भयो ।

सवै उपभोक्ताहरुको आवश्यकता र चाहना यो सानो क्षेत्रफल रहेको सामुादयिक वनले पुरा गर्न नसक्ने भएको हुँदा हरेक उपभोक्ताले सामुदायिक वनको मर्म बुझेर पटाक दाउरा लिन र वन संरक्षणका लागि श्रमदान गरिने कार्यमा सहयोग गरिदिन कार्यक्रमका सभापति जितेन्द्र कठरियाले बताउनु भयो। कार्यक्रमलाई सचिव सुविना कठरियाले शहजीकरण गरेकि थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *