कृषि हाट बजार लाग्ने भएपछि जोशीपुरका कृषक हर्षित

माघ १६,
कैलालीको जोशीपुर बजारमा माघ १७ गते शनिवार कृषि हाट बजार लाग्ने भएको छ।
किसानको कृषि उपजलाई प्रत्यक्ष बजारको पहुँचमा ल्याउन, स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै आत्मनिर्भर कृषि प्रणाली विकास गर्न, उपभोक्तालाई ताजा, गुणस्तरीय र सस्तो कृषि सामग्री उपलब्ध गराउन, कृषि व्यवसायीकरण र रोजगारी सिर्जनामा टेवा पु¥याउन, कृषि मूल्य स्थिरता कायम राख्न सहयोग गर्ने, किसान–उपभोक्ता प्रत्यक्ष सम्बन्ध मजबुत बनाउन, स्थानीय अर्थतन्त्र सुदृढीकरणमा योगदान पु¥याउने उद्देश्यले जोशीपुर बजार व्यवस्थापन समितिको मिति २०८२ साल माघ १३ गतेको बैठकको निर्णय बमोजिम प्रत्येक शनिवार जोशीपुर गाउँपालिका जाने बाटोमा हाट बजार सञ्चालन हुने जोशीपुर बजार व्यवस्थापन समितिले जनाएको छ।

हाट बजारलाई प्रभावकारी बनाउन तथा निरन्तरता दिन स्थानिय कृषकहरु आफ्नो कृषि उपज ल्याई बजार लगाई दिन तथा उपभोक्ताहरुले बजारमा गई खरिदविक्रि र अवलोकन गरिदिन बजार व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बमले सम्पूर्ण महानुभावहरुलाई आग्रह समेत गर्नु भएको छ।
कृषि हाट बजार लाग्ने भएपछि स्थानिय कृषक हर्षित भएका छन् । विहानै ४ बजे उठेर जोशीपुर बजारमा तरकारी बेच्न आउने महिला कृषकहरु हाट बजार लाग्ने भएपछि खुशी व्यक्त गरेका छन् । “हाप्तको दुई दिन हाट बजार लाग्यो भने हामीलाई विहानै तरकारी लिएर बजार आउनु पर्दैन । हाट बजारको दिन मात्र हाट बजार लगाउन आउछौं । अरु दिन आफ्नै खेतवारीमा काम गर्छौ ।” उनिहरुले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *