
पुष ८,
प्रहरी हवल्दार लाल बहादुर बोगटीले प्रहरीको जागिरबाट अवकास लिएका छन् । २०८२ साल पौष ६ गते राजीनामा स्वीकृत भए पछि उनि अवकास लिएका हुन् । २० वर्ष ६ महिना २६ दिन नेपाल प्रहरीमा कार्यरत बोगटी ईलाका प्रहरी कार्यालय जोशीपुरमा २९ महिना सेवा प्रदान गरेका थिए । आफ्नो सो ईच्छाले प्रहरी संगठनबाट अवकास लिएको उनले बताए । उनलाई जोशीपुरका समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, भलमन्सा, युवा सञ्जाल, जोशीपुर जेसीज, जोशीपुर बजार व्यवस्थापन समिति लगायत व्यापारीहरुले खादामाला, टिकाले सम्मान गरि विदाई गरेका छन् ।

बोगटीले आफ्नो कार्यकालमा जोशीपुरको शान्ति सुरक्षाका लागि अहोरात्र खटीई सेवा प्रदान गरेको जोशीपुर ईप्रकाका ईन्चार्ज चंख बहादुर कठायतले बताउनु भयो । आमागी दिनको सुखद भविष्यको शुभकामना दिदै नेपाल प्रहरी संगठनमा रहँदाको समयमा कुनै किसिमको नराम्रो काम नगरि राम्रो कार्यमा सदैव लागि नेपाल प्रहरी संगठनको शिर ठाडो बनाउने कार्य गरेकोमा स¥सम्मान धन्यवाद सहित विदाई गरेको पनि वहाँले बक्तव्य व्यक्त गर्नु भएको थियो ।

