जनजागृति आधारभुत विद्यालयको सामाजिक परिक्षण सम्पन्न

पुस ३,
जनजागृति आधारभुत विद्यालय जोशीपुर गाउँपालिका ३ बन्जरिया कैलालीको सामाजिक परिक्षण सम्पन्न भएको छ। विद्यालयको शैक्षिक, आर्थिक, भौतिक गुणस्तर तथा पारदर्शीता, जवाफ देहिता र सुशासनका लागि सामाजिक परिक्षण आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका शिक्षा शाखा प्रमुख संग्राम सिंह धामीको भनाई रहेको थियो । शैक्षिक गुणस्तर खोज्न गाउँबाट शहर, सरकारी विद्यालयबाट निजि विद्यालय र एक राष्ट्रबाट अर्को राष्ट्र जाने हाम्रो समाजमा परिपाटी छ । जि.पि.ए. सँग शैक्षिक गुणस्तर तुलना हुनै सक्दैन । विद्यार्थीको चौतर्फि विकास नै शैक्षिक गुणस्तर हो । त्यसकारण प्रत्येक अभिभावकले अव टोल विकास कार्यक्रम मार्फत शिक्षालाई प्राथमिकता दिन आवश्यक छ भन्ने भनाई पनि वहाँले राख्नु भएको थियो ।

त्यसै गरि मोहन्याल मा.वि. बडहरिया जोशीपुरका प्र.अ. देवेन्द्र प्रसाद शाहले प्रत्येक अभिभावक, शिक्षक, वि.व्यस.सले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक अवस्थामा सुधार नहुनुको कारण पत्ता लगाई निकासको बाटो खोज्न जरुरी रहेको बताउनुभयो । निजी स्रोत शिक्षकहरुलाई समयमा तलब खुवाउन नसकेपछि उनिहरुको मानसिकताले के सोच्छ होला ? निजि विद्यालयको गेट सम्म बच्चा लिन र पु¥याउन जाने अभिभावक सरकारी विद्यालयमा किन आउँदैनन् ?, वि.व्य.स.ले विद्यालयको नियमित अनुगमन किन गर्न सकिरहेको छैन ? भन्ने कुरा गम्भिर रुपले सोच्न जरुरी रहेको पनि वहाँले बताउनु भयो ।

त्यसै गरि शि.अ.संघका अध्यक्ष एवं कार्यक्रमका सभापति लाल बहादुर चौधरीले अभिभावकहरुको नजर गुणस्तरीय शिक्षा बताउन तर्फ नगई आय–व्यय, खर्च नाफा नोक्सान तर्फ मात्र गईरहेकोले शैक्षिक सुधार हुन नसकेको धारणा राख्नु भएको थियो ।
त्यसै गरि विद्यालयका प्र.अ. कालिराम चौधरीले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि भईरहेकोमा खुशी व्यक्त गर्दै निजि स्रोत शिक्षकहरुलाई समयमा तलब खुवाउन नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो ।
विद्यालयको प्रगति प्रतिवेदनमा ५७ लाख ८३ हजार बराबरको आयव्यय रहेको थियो । जस्मा निजि स्रोत शिक्षकहरुलाई तलब भत्ता दिन ५ लाख ३० हजार ८ सय ८८ रुपैया बाँकी रहेको पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *