जोशीपुरमा मनाइयो ३४ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस

मंसिर १७,
जोशीपुरमा अपाङ्गता भएको व्यक्तिको ३४ औं अन्तराष्ट्रिय दिवस बुधबार भव्य रुपले मनाइएको छ। सिर्जनशील अपाङ्गता सशक्तिकरण समाज जोशीपुरको आयोजनामा मनाइएको कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा जोशीपुर गाउँपालिका ३ नं. वडा अध्यक्ष रेणु कुमारी डंगौराले सम्बोधन गर्नु भएको थियो भने जोशीपुर गा.पा. शिक्षा शाखा प्रमुख संग्राम सिंह धामी, रघुनाथ आदार्श प्राविधिक विद्यालयका प्रअ बसन्त महतो, जनप्रकाश मा.वि.का प्रअ सुरेश थारु, बाल कल्याण संघ टिकापुरका रामराल चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सिर्जनशील अपाङ्गता सशक्तिकरण समाजका अध्यक्ष कलप सिंह बडायकको सभाध्यक्षतामा भएको कार्यक्रममा अपांगता भएका व्यक्तहरुले स्थानिय, प्रदेश र संघीय सरकारले समेत आफुहरुको माग सुनुवाई नगरेको गुनासो गरेका थिए । कार्यक्रममा उनिहरुले अपाङ्गता भएका व्यक्तहरुका लागि उनिहरुले गर्न सक्ने कामको प्रकृति हेरि कार्य योजना बनाई कार्यन्वयनमा जोड दिनु पर्ने माग समेत राखेका थिए । अपाङ्गता भएका व्यक्तीहरुलाई स्वरोजगार बनाउने कार्यक्रम सरकारले ल्याउन आवश्यक रहेको पनि उनिहरुले सुनाए ।

कार्यक्रममा उनिहरु विभिन्न रमाईलो गित र नृत्य समेत प्रस्तुत गरेका थिए । आयोजकले अपाङ्गता भएका व्यक्तीहरुलाई सहयोग गर्ने सहयोगी संस्था, व्यक्ति तथा विद्यालयलाई सम्मान गरेको थियो ।
अपाङ्गता भएका व्यक्तीहरु पनि समाजको अभिन्न अंग हुन् । अन्य व्यक्तिहरु जस्तै उनिहरुको पनि बाँच्ने अधिकार बाँच्न पाउने अधिकार छ । त्यसकारण कार्यक्रममा निराश नभई दृढ विश्यासका साथ जीवन जिउन बक्ताहरुले हौसाला सहितको बक्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *