किसान बहुद्देश्यीय सहकारी संस्था लि.ले आम्दानीमा ७९ प्रतिशतले वृद्धि गर्दै ३१ औं साधारणसभा सम्पन्न

मंसिर २५,
किसान बहुउद्देश्यीय सहकारी संस्था लि.को ३१ औं वार्षिक साधारण सभा जोशीपुर ईकाइ भेला विहिबार जोशीपुर ४ झबहीको फुडल्याण्डमा सम्पन्न भएको छ। जयरुप बुढाको सभापतित्वमा भएको भेलाका प्रमुख अतिथि जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया रहनु भएको थियो । कार्यक्रममा उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान, शेयर सदस्यका छोराछोरी जो एस.ई.ई.मा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुने एक जनालाई नगद रु. ५ हजार र एम वि.वि.एस. मा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुने एक जनालाई नगद रु. १० हजारले सम्मान, सदस्य संरक्षण कार्यक्रम अन्तरगत नैना देवी डंगौराको श्रीमान्को दुखद निधन भएपछि निजलाई २ लाख ६३ हजार २ सय ६ रुपैया ऋण मिनाहा र उत्कृष्ट दुई केन्द्रलाई समेत प्रतिकेन्द्र नगद रु. १० हजारका दरले सम्मान गरेको थियो ।

संस्थाले आम्दानीमा ७९ प्रतिशतले वृद्धि गरेको विभागिय प्रमुख दिपक राज ढंगानाले बताउनु भयो ।
वित्तीय युनिट, किसान कोप एग्रो र किसान कोप मार्ट व्यवसायिक युनिटहरुमा कार्य गर्दै आएको यस संस्थाले आफ्ना सदस्यहरुलाई मोबाईल बैंकिङ सेवा, किसान एटिएम सेवा, मिस्कल बैंकिङ सेवा, ट्यालेन्ट बैंकिङ सेवा, क्यू.आर मर्चेन्ट सेवा, किसान पि.ओ.एस. टेलर सेवा, किसान स्मार्ट टेलर, कनेक्ट आई.पि.एस. सेवा, ई–बैंकिङ सेवा प्रदान गर्दै आएको छ। सदस्य सुरक्षण योजना अन्तरगत सुत्केरी स्याहार खर्च, किसान कोप शिक्षा पदक, प्राकृतिक प्रकोप राहत, परक क्षमता भएका वा एकल महिला राहत कार्यक्रम, कर्जा मुक्ति योजना, काजक्रिया खर्च, उपचार खर्च, सामुदायका लागि किसान कोप कार्यक्रम समेत संचालनमा ल्याएको छ। यस योजना अन्तरगत संस्थाले करिव २९ करोड १७ लाख ५२ हजार रुपैया बराबरको सुविधा वितरण गरेको समेत विभागिय प्रमुख ढंगानाले बताउनु भयो ।

यहाँले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा शेयर पुँजी ५१ करोड ७१ लाख, कुल बचत ४ अर्व ८८ करोड, कुल सम्पत्ती ७ अर्व १२ करोड, लगानीमा रहेको कर्जा ५ अर्व १२ करोड, कुल शेयर सदस्य संख्या ९२ हजार रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *