अवकास प्राप्त शिक्षकलाई विदाई सहित सामाजिक परिक्षण सम्पन्न

मंसिर ९,
मोहन्याल माध्यमिक विद्यालय बडहरिया जोशीपुर कैलालीको सामाजिक परिक्षण सम्पन्न भएको छ। विद्यालयको शि.अ.संघका अध्यक्ष लालिता देवी चौधरीको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यता र १ नं. वडा अध्यक्ष रामचन्द्र चौधरी, शिक्षक, अभिभावक, जनजागृति आधारभुत विद्यालयका प्र.अ. कालि प्रसाद चौधरी, शंकर सामुदायिक वनका अध्यक्ष दान बहादुर चौधरी लगायतमा सामाजिक लेखि परिक्षण सम्पन्न भएको हो ।

विद्यालयको शैक्षिक सुधारका लागि शिक्षकले गरेको प्रयासबाट मात्र शैक्षिक गुणस्तरमा सुधार हुन नसक्ने यसका लागि अभिभावक, शि.अ.संघ, विद्यार्थी सवैको सहयोग अपरिहार्य रहेको विद्यालयका प्र.अ. देवेन्द्र प्रसाद शाहले बताउनुभयो । शैक्षिक सुधारका लागि विद्यार्थीहरुलाई कोचिङ कक्षा सञ्चालन, निवन्ध लेखन, शिक्षक अभिभावक भेला, गुनासो सुनुवाई तथा सुझाव संकलन लगायतका कृयाकलापहरु विद्यालयले गर्दै आए पनि एसईई र प्लस टुमा राम्रो रिजल्ट ल्याउन नसकेकोले यसका लागि निरन्तर पहल, प्रयास र अभ्यास गरिरहेको समेत वहाँले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि चित्र बहादुर चौधरीले यस विद्यालयलाई आवश्यक पर्ने आर्थिक तथा भौतिक सामग्री सहयोग गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा मोहन्याल मा.वि. वडहरिया जोशीपुरमा ३१ वर्ष अध्यापन पछि अवकास प्राप्त गरेका शिक्षक गुरु प्रसाद कुश्मीलाई विद्यालयले सम्मान सहित विदाई गरेको छ।
विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम २०८२ साल मंसिर ९ गते सामाजिक परिक्षणको शुभ अवसरमा शिक्षक गुरु प्रसाद कुश्मीलाई विदाई गरिएको हो ।
वि.सं. २०५० साल फागुन १२ गते देखि २०८२ साल भाद्र ०७ गते सम्म शिक्षण पेशा र विद्यालय प्रति बफादार र कर्तव्यनिष्ठ भइ ईमान्दारीपूर्वक विद्यालयको चौतर्फी विकासमा आफ्नो दायित्वलाई जिम्मेवारीका साथ बहन गर्दै अध्ययन अध्यापन कार्यमा गरेको अतुलनीय योगदानको उच्च कदर गर्दै निज शिक्षक कुश्मीलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गर्दै विदाई गरिएको छ। शिक्षक कुश्मीलाई विद्यालयका शिक्षकहरुले ४ आनाको सुनको औठी र विद्यालय परिवारले कोट पाईन्ट सहितको पोसाक समेत प्रदान गरेका छन् ।

कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने शंकर सामुदायिक वन उपभोक्ता समूह जोशीपुर ३ बन्जरियाका अध्यक्ष दान बहादुर चौधरी, विद्यालय व्यवस्थापन समितिका सक्रिय सदस्य चन्द्र सिंह बोहरा, लेखापाल श्रीराम चौधरी, शिक्षक सुरज कुमार चौधरी, बाल विकास शिक्षक गणेश प्रसाद चौधरी र विद्यालयका प्र.अ. देवेन्द्र प्रसाद शाहलाई समेत दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *