भाद्र ७ विद्रोह दिवसको निश्कर्ष तथा घोषणा पत्र सार्वजनिक

भाद्र ११,
भाद्र ७ गते टीकापुरमा भएको अन्तरकृयात्मक विद्रोह दिवसको निश्कर्ष तथा घोषणा पत्र सार्वजनिक गरिएको छ। थारु कल्याणकारिणी सभा टीकापुरमा पत्रकार सम्मेलन गर्दै थाकसले १० बुँदे माग तथा निश्कर्ष सार्वजनिक गरेको हो ।

१. संविधान सभाबाट गठित राज्य पुर्न संरचना समितिको प्रतिवेदन तुरुन्त लागु गर ।
२. नेपाल सरकारद्वारा गठित राज्य पुर्न संरचना आयोगको प्रतिवेदन तुरुन्त लागु गर।
३. टीकापुर विद्रोह २०७२ राजनितिक थियो र राजनितिक तवरले तुरुन्त समाधान गर ।
४. राष्ट्रिय अनुसन्धान आयोगका पूर्व प्रमुख देविराम शर्मा नेतृत्वको गठित छानविन समितिको प्रतिवेदन तुरुन्त सार्वजनिक गर ।
५. सम्मानित सर्वोच्च अदालतका पुर्व न्यायधिश माननीय गृषचन्द्र लाल नेतृत्वको गठित छानविन आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर ।


६. संवैधानिक अंग, निजामति सेवा, शिक्षा सेवा, राजनितिक नियुक्ति, न्यायपालिका, प्रहरी सैनिक लगायत सबै क्षेत्रमा जातिय जनसंख्याको आधारमा पुर्ण सामानुपातिक सहभागिता तुरुन्त लागु गर ।
७. थारु भाषा सुदुरपश्चिम प्रदेश लुम्बिनि प्रदेश र कोशी प्रदेशमा सरकारी कामकाजको भाषा तुरुन्त लागु गर,
८. बरघर, भल्मन्सा, महतौंवा प्रथा कानुन बनाई सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशमा तुरुन्त कार्यन्वयन गर ।
९. मुक्त कमैया, मुक्त कमलरी तथा सुकुमबासीको समस्या समाधान र व्यवस्थापन तुरुन्त लागु गर
१०. माथि उल्लेखित हाम्रा माग मुद्दा सफल र सार्थक परिणाममुखी बनाउन था.क.स. को नेतृत्वमा झापा देखि कंचनपुर जिल्लासम्म छिट्ट अन्तरक्रिया गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *