
भाद्र १५,
जैविक विविधता संरक्षण सँगै संस्कृति प्रवद्र्धनमा शंकर सामुदायिक वन उपभोक्ता समूहले जोड दिएको छ । सामुदायिक वनको १० औं वार्षिक साधारणसभामा थारु सांस्कृतिक नाच मुंग्रहुवा नाँच र सखिया नाँच प्रस्तुत गरिएको थियो । जुन थारु लोक नृत्य अन्तरगत मुख्य नृत्यको रुपमा लिने गरिन्छ। लोप हुँदै गएको थारु लोक नाँच अव विरलै कार्यक्रमहरुमा देख्न मिल्छ । यसलाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक रहेको कार्यक्रमका सभापति एवं शंकर सा.व.उ.स.का अध्यक्ष दान बहादुर चौधरीले बताए ।

कार्यक्रमको आकर्षण पनि बढ्ने र स्थानियले यो नाच हेर्ने अवसर पनि प्राप्त गर्ने भएकोले सामुदायिक वनको साधारणसभामा यो नाँच बोलाइएको पनि उनले बताए ।
संस्थाको आम्दानीबाट सामाजिक क्षेत्रमा खर्च गर्नु पर्ने रकमबाट सा.व.ले आफ्नो उपभोक्ताहरुका जेहेन्दार विद्यार्थीहरुलाई पोसाक तथा पाठ्य सामग्री समेत वितरण गरेको छ भने मुक्त कमैया आधारभुत विद्यालय र खैरेनी आधारभुत विद्यालयलाई फर्निचर पनि संस्थाले हस्तान्तरण गरेको छ।

कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि वडा नं. ३ का वडा अध्यक्ष रेणु कुमारी डंगौराले कार्यक्रममा सवै उपभोक्ता उपस्थिति हुन नसकेकोले पहिलो चरणको साधारणसभा गाउँटोलमै गर्न सके साधारण सभाले सार्थकता पाउने बताउनु भयो । ३ नं. वडा भित्रका तमाम विद्यालयहरु सामुदायिक वनबाट पाउनुपर्ने सान्त्वनाबाट बन्चीत भएकोले आगामी दिनमा यस विषयलाई समेट्नु पर्ने सुझाव समेत वहाँले व्यक्त गर्नुभएको थियो ।

