जानकीमा अष्टिम्कीको लोक चित्र बनाउने कार्य सुरु

सावन २९,
कैलालीको जानकी गाउँपालिकामा थारू अष्टिम्की लोक चित्रकला कार्यशाला सुरू भएको छ । पालिकालाई थारु लोक कलाको हब वनाउने उद्देश्य अनुरुप र अष्टिम्की पर्वको अवसरमा उक्त कार्यशाला सुरू भएको हो । गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको कार्यशाला उद्घाटन कार्यक्रममा उपाध्यक्ष लालमति कठरिया, वडा अध्यक्ष कमल महतो, सुरेश कुमार चौधरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्रमुख प्रदीप अधिकारी, प्रशिक्षक मिठु चौधरी, प्रशासन प्रमुख सन्तराम कठरिया, नेत्र प्रसाद जैशी लगाएतको उपस्थिति रहेको थियो। जानकी गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा २ दिन सम्म संचालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *