
असार २६,
कैलालीको जानकी गाउँपालिकाले शैक्षिक नतिजामा आधारित पुरस्कारको मापदण्ड सार्वजनिक गरेको छ। जानकी गाउँपालिका क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको कक्षा ५, ८, १० र १२ को शैक्षिक नतिजाको आधारमा शैक्षिक सत्र २०८२ देखि लागुहुने गरि विद्यालयका प्राधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई प्रदान गरिने पुरस्कार एक सूचना जारी गर्दै सार्वजनिक गरेको छ ।



