जोशीपुरमा खुल्ला फुटवल प्रतियोगिता सुरु

सावन २५,
कैलालीको जोशीपुरमा खुल्ला फुटवल प्रतियोगिता सुरु भएको छ। यूवा सञ्जाल जोशीपुरको आयोजनामा भईरहेको फुटवल प्रतियोगितालाई केदार टुर एण्ड ट्राभल्स प्रा.लि.धनगढीले मुख्य प्रायोजन गरेको छ । शौहार्दपूर्ण बातावरणमा खेल खेलिदिनका लागि शुभकामना सहित कार्यक्रमका सभाध्यक्ष सन्तोष वि.क.ले बक्तव्य दिनु भएको थियो । केदार टुर एण्ड ट्राभल्स प्रा.लि.धनगढीका आशिष चौधरीको प्रमुख आतिथ्यतामा सुरु भएको पहिलो दिनको प्रतियोगितामा भुमेश्वर युवा क्लव राजापुर भरसेज कटानपुर युवा क्लव भजनी २ विच भएको थियो । जसमा कटानपुरले शुन्यका विरुद्ध ३ गोलले राजापुरलाई पराजित गरेको छ ।

समुद्घाटन कार्यक्रममा कैलाली जिल्ला फुटवल संघका पूर्व उपाध्यक्ष, सुदूरपश्चिम ११ स्पोटर्स क्लवका अध्यक्ष तथा खप्तड गोल्ड कपका संयोजक सुरेश हमालको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो सम्बेदना आयोजकले १ मिनेटको मौनधारण गरि प्रकट गरेको थियो । प्रतियोगितामा २२ टिम दर्ता भएको आयोजकले जनाएको छ भने पहिलो चरणको खेल नसिक्कीदा सम्म टिम दर्ता गर्ने रन्जित बडायक (मन्नु)ले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *