
सावन २५,
कैलालीको जोशीपुरमा राहत शिक्षकहरुले जोशीपुर गाउँपालिकामा धर्ना बसेका छन् । विगतमा भएका सम्झौता अनुसार सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापन गर्न शिक्षा समिति तयार नदेखिएकोले व्यापक विद्रोहको तयारी स्वरुप जोशीपुरका राहत शिक्षकहरु विरोध सभा गरेका हुन् ।

देश व्यापी रुपमा चरणबद्ध तरिकाले आन्दोलन भई रहेको नेपाल राहत शिक्षक समिति जोशीपुर गाउँपालिकाका अध्यक्ष केशव राज जोशीले आफु पनि सरकारको अंग भएको बताउँदै सरकारको आपतकालिन समयमा आफुहरु सहयोग गरेको तर अहिले सकार सम्झौता अनुसार कार्यान्वयन गर्नमा पछि हटेको बताउनु भयो । राहत शिक्षकहरुलाई स्थायी गर्नु पर्ने र स्थायी गर्न सकेन भने राहत शिक्षकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नु पर्ने राहत शिक्षकहरुको माग रहेको पनि वहाँले बताउनु भयो ।
