जोशीपुरमा ढोका फोडेर एक जनालाई ज्यान मार्ने प्रयास

सावन १६,
कैलालीको जोशीपुरमा ढोका फोडेर एक जनालाई ज्यान मार्ने प्रयास गरिएको छ। जोशीपुर गा.पा. २ मिलनटोल निवासी दिपक बोहराले कृष्ण स्टील फर्निचरमा कार्यरत लम्की चुहा ८ का ध्रुव चौधरीलाई उनि सुतेको कोठाको ढोका फोडेर ज्यान मार्ने प्रयास गरेका छन् । सावन १३ गते राती करिव ४ बजे तिर उनलाई मार्ने प्रयास गरिएको स्रोतले जनाईएको छ । कुटपिट भईरहेको थाह पाउपछि छिमेकीहरुले बचाका थिए । काठको चिर्पटले हानेर मार्ने प्रयास गरिएको थियो । घाईते ध्रुव चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ भने निजको दाहिने हात भाँचिएको छ । बाँया हात र खुट्टामा समेत गम्भिर चोट लागेको छ । कुटपिट गर्ने दिपक बोहारालाई जोशीपुर ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय भजनीलाई बुझाएको ईप्रका जोशीपुरले जनाएको छ। निज पिडितलाई अहिले निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको उनका बुवा जगराम चौधरीले बताउनु भयो । “अझै उपचार भएको छैन, पैसा छैन, ईलाका प्रहरी कार्यालय भजनीमा भएको दुई पक्षिय सहमति अनुसार पुरा उपचार गर्ने भनिएता पनि उनिहरु पैसा पठाईरहेका छैनन् । हामी अलपत्र छौं” उनले भने । कुटपिट गर्नुको कारण भने छानविन भईरहेको ईप्रका भजनीले जनाएको छ। दुवै पक्षको सहमतिमा बोहरालाई छोडेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *