धुँवाको लागि बालेको आगोले जल्यो गोठ/गाई, बाख्रा सहित लाखौंको क्षेति

सावन १२,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. १ स्थित लकडमण्डीमा धुँवाको लागि बालेको आगोले पुरै गोठ जलेको छ। राती करिव १२ः४५ बजे धन बहादुर बोहराको गोठमा लागेको आगोबाट एक बोका लगेर मरेको छ भने एक बाख्रा र एक गाई जलेर गम्भिर घाईते भएका छन् ।

स्थानिय र जोशीपुर प्रहरीको टोलीले आगोलाई नियन्त्रण गरिएको थिए । लामखुट्टेबाट पशुचौपायालाई जोगाउन धुँवाको लागि बालेको आगोले पुरै गोठ र पशुचौपाया जली करिव १ लाख १३ हजार बराबरको क्षेति भएको ईलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *