साना किसान कृषि सहकारी जोशीपुर बन्यो सुप उत्कृष्ट

साना किसान कृषि सहकारी संस्था लि.जोशीपुर कैलाली सुदूरपश्चिम कै उत्कृष्ट कृषि सहकारी संस्था बनेको छ । सुदूरपश्चिम प्रदेश भरिका साना किसान कृषि सहकारी संस्था लि.हरु मध्य साना किसान कृषि सहकारी संस्था लि. जोशीपुर सर्वोत्कृष्त कृषि सहकारी संस्था लि.को उपाधी सहित सम्मानित भएको छ । असार २२ गते आईतबार भएको साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २४ औं वार्षिकोत्सव कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि.जोशीपुरलाई सर्वोत्कृष्ट संस्थाको प्रमाण पत्र प्रदान गरिएको हो ।

जोशीपुर गाउँपालिका क्षेत्र भित्रका महिला दिदि बहिनीहरुलाई सिप विकासको तालिम, वित्तिय साक्षरता तालिम, स्वरोजगारका विभिन्न कृषि तालिम, सिलाई कटाई, पशुपालन तथा उत्पादन मुलक कार्यका लागि तालिम दिंदै आएको यस संस्था लि.ले दुग्ध चिश्यान केन्द्र स्थापना गरि दुधबाट बनेका परिकारहरुको खरिदविक्रि समेत गर्दै आएको छ । आफ्ना शेयर सदस्यहरुलाई म्यादी जीवन विमा रकम उपलब्ध समेत गराउदै आएको यस साना किसान कृषि सहकारी संस्था लि.ले क्षेत्रका महिला कृषकहरुलाई विशेष गरि सहुलियत रुपमा ऋण प्रवाह गरि व्यवसायिक बनाउनमा महत्वपूर्ण योगदान गर्दै आएको छ।

संस्थालाई सुदूरपश्चिम सवोत्कृष्ट बनाउनमा साथ सहयोग गर्ने शेयर सदस्य, संचालक समितिका पदाधिकारी, लेखा समितिका पदाधिकारी लगायत विभिन्न उप समितिका सदस्यहरु, सम्पूर्ण कर्मचारी टिम साथै अग्रज संस्था, आयोजन संस्था तथा अन्य विभिन्न संघ संस्था प्रति साना किसान कृषि सहकारी संस्था लि.जोशीपुरकि प्रबन्ध तृसना भट्टपाठक हार्दिक आभार व्यक्त गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *