जोशीपुर गा.पा. पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा

असार १७,
कैलालीको जोशीपुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको छ। स्वास्थ्यकर्मीको संलग्नतामा १६ देखि ५९ महिनाको बालकालिकाको सर्वेक्षण गर्दा सवै बालबालिकाले १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तािलका अनुसार सम्पूर्ण खोप प्राप्त गर्ने सम्पूर्ण प्रकृया पुरा गरे बमोजिम जोशीपुर गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख निर्प राज डंगौराले बताउनु भयो । “स्थानीय स्वामित्व र सहभागिताः पूर्ण खोप गाउँपालिका हाम्रो प्रतिवद्धता” मूल नारा रहेको कार्यक्रममा स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्य ईकाईका स्वास्थ्यकर्मी, प्राथामिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, डाक्टर, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । नेपालको तथ्याङ्क अनुसार १०० जना मध्य ८० जना बालबालिकाहरु मात्र पूर्ण खोप पाएको, १६ जना आंशिक रुपमा खोप पाएको र ४ जनाले खोप नै पाएका छैनन् ।

आ.व. २०८०/०८१ मा जोशीपुर गाउँपालिका अन्तरगत गरिएको सर्वेक्षणमा ० देखि १५ महिना सम्मका ५ सय ७ जना मध्य ५ सय १ जनाको खोप कार्ड भएको र ६ जनाको खोप कार्ड नै नरहेको भेटिएको थियो । १६ महिना देखि ५९ महिना सम्मका बालबालिका १ हजार २ सय ८७ जना मध्य पूर्ण खोप पाएको १ हजार २ सय ६७, आंशिक रुपमा खोप पाएका २० जना रहेका छन् भने २० जना मध्य १ जना कुनै पनि खोप नलगाएको (० डोज) को पाइएको थियो । ३ महिना (माघ, फागुन र चैत्र) को घरधुरी सर्वेक्षणमा भेटिएका खोप नलगाएका आंशिक तथा ० डोजका बालबालिकाहरुलाई ‘खोज र खोप’ (बैशाख) भन्ने कार्यक्रम अन्तरगत खोप लगाई जोशीपुर गाउँपालिकाका बालबालिकाहरुलाई पूर्ण रुपमा खोप दिइ पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको समेत शाखा प्रमुख चौधरीले बताउनु भयो ।

पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणाका लागि सहयोग गर्ने महिला स्वास्थ्य स्वयम् सेविका, वडागत स्वास्थ्य ईकाईका स्वास्थ्यकर्मीहरु तथा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर र स्वास्थ्यकर्मीहरुलाई पनि कार्यक्रममा सम्मान पत्रले सम्मान गरिएको थियो ।

खोप लगाउने स्थानहरुमा खोपको तापक्रम सन्तुलित गर्ने खालको बातावरणका लागि र आमा तथा बालबालिकाहरुका लागि उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण हुने पर्ने महिला स्वास्थ्य स्वयम् सेविका दुर्गा चौधरीको भनाई रहेको थियो ।
जोशीपुर गाउँपालिका अन्तरगतका कमजोर र विपन्न २ सय ८५ परिवारका बालबालिकाहरुको पालिकाबाटै स्वास्थ्य विमा गरिदिने हो भने स्वास्थ्य क्षेत्रमा ठुलो सुधार हुने रमेश पाण्डेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *