जोशीपुरमा वडा अध्यक्षले टुटाए जेसीवीको छुच्छी

असोज १०,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्षले जोशीपुर गाउँपालिकाको जेसीवीको पछिल्लो दुईटै पाङ्ग्राको छुच्छी टुटाएर हावा फुस्काएका छन् । वडा नं. ५ र ७ को वडा कार्यालयको प्राङ्गणमा काम गर्दै गरेको पालिकाको जेसिवी ४ नं. वडा अध्यक्ष रामजनम चौधरीले कार्य स्थलमै गएर छुच्छी टुटाएका हुन् । पटक पटक पालिका अध्यक्ष चित्र बहादुर चौधरीलाई ४ नं. वडाको सामाजिक कामका लागि जेसीवी माग गरेपनि सुनुवाई नभएपछि यस्तो गरेको वडा अध्यक्ष चौधरीले बताए । मैले माग्दा कार्यपालिकाको निर्णय चाहिन्छ भन्ने अरुले माग्दा कार्यपालिकाको निर्णय नचाहिने देखिएकोले पालिका अध्यक्षको ध्यानाकषर्णका लागि हावा फुस्काएको हुँ । उनले भने ।

जोशीपुर पालिकाको सवै वडामा समस्या छ अति आवश्यक स्थानमा पालिकाको जेसीवी गएकै छ । केहि दिन पहिले ४ नं. मा जेसीवी गएकै हो । अहिले ५ र ७ नं. मा काम भईरहेको थियो । आलो पालो गरेर सवै वडामा काम भईरहेको जोशीपुर पालिका अध्यक्ष चित्र बहादुर चौधरीले बताए । ४ नं. को लागि कार्यपालिकाको निर्णय चाहिने अरुको लागि नचाहिने यो कुरा हुदै होईन । ४ नं. अध्यक्ष रामजनम चौधरी पनि कार्यपालिका सदस्य नै हुनुहुन्छ । कसको लागि कार्यपालिकाले निर्णय गरेको छ वहाँलाई सवै थाह छ । पालिका अध्यक्ष चौधरीले भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *