
असार १७,
कैलालीको जोशीपुरमा बाल कल्याण संघ टीकापुरले बालबालिका तथा किशोर किशोरी, यूवा रुपान्तरणका लागि सशक्तिकरण र रुपान्तरणका लागि सशक्तिकरण एवं संगठन परियोजनाको वार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ।
जोशीपुर गाउँपालिकाका बालबालिका तथा किशोरकिशोरी, यूवाहरुले घर तथा समुदायको सुरक्षित र सहयोगी बातावरणमा उचित स्याहार संरक्षण र वृिद्ध विकासका अवसर प्राप्त गराउने मूल उद्देश्य बोकेको बालकल्याणले आफ्नो बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी आ.व. २०८२/०८३ का लागि बजेत बक्तव्य सहित बाल कल्याण संघले वार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण सम्पन्न गरेको हो ।

यस वर्ष ४१ वटा वालक्लव र १४ वटा किशोरकिशोरी तथा युवा समूह सहजीकरण गरी १३६३ बालबालिका र किशोरकिशोरीहरु बालक्लव र समूहमा सगठीत भई नियमित जीवन उपयोगी सिप, स्वस्थ्य, बाल अधिकार, बाल दुव्र्यवहार र बाल सरक्षण, बाल हेल्पलाइन, वाल सरक्षण र वालवालिकाहरुको मुद्धा पहिचानसम्बन्धी छलफल भइरहेको छ । बालक्लवमा सहभागि हुने बालवालिकाले बालअधिकार, बालसंरक्षणका सवाल र दुव्र्यवहार र बाल हेल्पलाइन बारे जानेका छन्, प्रतिकार गर्न सचेत भएका छन् र आफूले जानेका कुराहरु सिकाउन सकिरहेका छन् । अभिभावक, संघसस्था र सेवा प्रदायक निकायहरु बालबालिकाहरु प्रति सचेत भई जिम्मेवारी बहन गर्न अग्रसर भएका छन् भन्ने उपलब्धि कार्यक्रमका प्रोजेक्ट कोर्डिनेटर( परियोजना संयोजक) रामलाल चौधरीले बताउनु भयो ।

आ.व. २०८१/०८२ को कुल बजेट ६२ लाख ४३ हजार ५ सय ३९ मध्य ५८ लाख ९३ हजार ६ सय ४३ रुपैया हाल सम्म खर्च भएको र ३ लाख ४९ हजार ८ सय ९६ रुपैया असार मसान्त सम्म खर्च हुने आय व्यय कार्यक्रममा प्रस्तुत गरिएको थियो भने कार्यक्रममा जोशीपुर गाउँपालिका र लम्की नगरपालिका अन्तरगत गरिएको कार्यक्रमको प्रतिवेदन र खर्च विवरण बाल कल्याण संघ टिकापुरका व्यवस्थापक नयन तारा श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।

समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै गा.पा. उपाध्यक्ष रेखा देवी कठरियाले जोशीपुर गा.पा.ले बाल मैत्रि शिक्षाको निति ल्याएको बताउनु भयो । यो कार्यक्रम बाल कल्याण तथा विभिन्न संघसंस्थाहरुको सहकार्य तथा समन्वयमा गर्ने पनि वहाँले बताउनु भयो । महिला तथा बालबालिका शाखाले लैगिक हिंसा कोष खडा गरेको बताउँदै वहाँले हिंसा पिडित बालबालिका तथा महिलाहरुले अझै पनि हिंसा सहेर लुकाएर बसेको जानकारी दिनु भयो । छाउपरी प्रथा, लागुपदार्थ दुव्र्यसनीलाई न्यूनिकरण गर्नका लागि सवैको साथ सहयोगको आवश्यक रहेको समेत उनले बताए ।

आ.व. २०८२/०८३ को वार्षिक बजेट योजना अन्तरगत जम्मा बजेट ४१ लख ८ हजार ६ यि ७५ रुपैया रहेको कार्यक्रममा गा.पा. अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, विभिन्न महिला समूहका प्रतिनिधि, बाल क्लबका संयोजक तथा बालबालिकाहरुको उपस्थिति रहेको थियो ।