
असोज १२,
कैलालीको जोशीपुरमा १९ औं विश्व रेविज दिवस मनाइएको छ। जोशीपुर गाउँपालिका पशु सेवा शाखाको आयोजनामा रेविज रार्ने जनावर कुकुर, विरालोलाई निशुल्क रेविज विरुद्धको सुई लगाई विश्व रेविज दिवस मनाइएको छ ।
रेविज भनेर आम नागरिकहरुले सामान्य रुपमा लिने गर्दछन् तर यो रोग लागि सकेपछि मान्छे बाँच्ने थोरै चान्स् हुने भएकोले यसलाई निर्मूल गर्न समुदाय स्तरबाटै घरपालुवा जनावरहरुलाई अनिवार्य रुपमा रेविज विरुद्धको सुई लगाउन डा.अर्जुन चौधरीले सुझाव दिनु भयो ।त्यसै गरि रेविज विरुद्ध समाजमा सचेतना र लागि जंगली तथा घरपालुवा जनावरले टोकेपछि तुरुन्तै रेविज विरुद्धको सुई अनिवार्य लगाउन जोशीपुर गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत मिनराज कठरियाले बताउनु भयो ।कार्यक्रमका सभापति एवं जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाले बडा दशैंको शुभकामना दिंदै रेविज वारे आम नागरिकमा जानकारी र बच्ने उपाय सहित सचेतना आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमलाई पशु शाखा प्रमुख नारायण चौधरीले शहजीकरण गर्नु भएको थियो ।
