जानकीद्धारा विकासको अभ्याससंगै पत्रकारहरुसँँग अन्तरकृया

असार १२,
कैलालीको जानकी गाउँँपालिकाले पत्रकार भेटघाट कार्यक्रम गरेको छ। स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन तर्फ कैलाली जिल्लामा प्रथम, स्थानिय तह कार्य सम्पादन मूल्याङ्कनमा जिल्लामा दोस्रो र स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन जिल्लास्तरमा पाँँचौ स्थानमा रहेको जानकी गाउँँपालिकाले विकासको अभ्यासमा देखिएका समस्या, चुनौती र पालिकाबासीहरुको आवश्यकताको खोजीनितिका लागि पत्रकारसरुसँँग भेटघाट कार्यक्रम गरि अन्तरकृया गरेको हो । गा.पा. अध्यक्ष गणेश चौधरीको सभाध्यक्षतामा भएको अन्तरकृयामा प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरीले आ.व.२०८०/०८१ मा सम्पादित कार्यहरु प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा सम्पादित कार्यहरुः
गाउ“पालिका भित्रका सामुदायिक विद्यालयहरुमा नियमित रुपमा मासिक स्वास्थ्य शिक्षा कक्षा संचालन । पक्की सडक कालोपत्रे १३ कि.मि. र ग्राभेल सडक ४ कि.मि. गरी एकै आ.व. मा १७ कि.मि. सडक निर्माण गरिएको । जानकी गाउ“पालिकाको कार्यालय, अमेरिकी नियोग (USAID–Nepal) को आर्थिक सहयोग तथा अन्तराष्ट्रिय मकै तथा गहुँँवाली सुधार केन्द्र (CIMMYT) र कृषि उद्यम केन्द्रको समन्वयमा “बृहत कृषि मेला” (Agri–Input Fair for Summer Season Crops) तथा ४१ वटा सरोकारवालाहरुको स्टल राखि करिव ४००० जना कृषकहरुले मेला भ्रमण गरि करिव ५० लाख वरावरको कारोवार भएको । पुर्व सूचना समुदाय सम्म संप्रेशषण सहजताका लागि सूचना संयन्त्रको स्थापना गरिएको र जल तथा मौसम विज्ञान विभागको सूचना पत्र मार्फत घर घरमा पु¥याउने नीति अवलम्बन गरिएको । वडा स्तरमा वडा स्तरिय विपद् व्यवस्थापन समिति तथा जोखिमयुक्त समुदायहरुमा समुदाय स्तरिय विपद् व्यवस्थापन समिति गठन गरि विभिन्न क्षमता विकासका गतिविधिहरु संचालन गरिएको । उत्कृष्ट निर्माण व्यवसायी, कृषक÷कृषक समूह, पशुपालक, कर्मचारी, शिक्षक, बड्घर, मेलमिलापकर्ता र स्वयंसेविकाहरुलाई सम्मान गर्ने कार्यको सुरुवात गरिएको, १ देखि ९ वटै वडाका बड्घर र चिराकीहरुलाई परिचय पत्र वितरण गर्ने गरिएको, बहुविपद् पूर्वसूचना प्रणालीका लागि जानकी गाउँँपालिका वडा नं. ४, ६ र ९ मा पहिलो पटक Audio Emergency Warning and Notification System (साइरन प्रणाली) जडान गरिएको, गाउँँपालिका स्तरीय प्रत्येक कार्यक्रम/बैठक तोकिएकै समय सुरु हुने गरेको, आ.व. २०८०/०८१ मा विभिन्न ऐन कानूनहरु निर्माण गरिएको, गाउँँपालिका स्तरीय कार्यक्रम/बैठक तथा विद्यालय दिवा खाजामा जंक फुडको सट्टामा स्थानीय उत्पादनको प्रयोग गरि खाजामा ढिक्री, सेल रोटि आदीको प्रयोग, गाउँँपालिकाको ३ वटा सामुदायिक विद्यालय (मोति माध्यमिक विद्यालय जानकी–७, जनता आधारभूत विद्यालय जानकी–९ र अरुणोदय माध्यमिक विद्यालय जानकी–९) मा विद्यार्थी कृषि करेसाबारी कार्यक्रम संचालन, कृषिमा उत्पादन बढाउ अनुदान लैजाउ कार्यक्रमलाई निरन्तरता दिईएको छ । १ हेक्टरमा २० क्विन्टल भन्दा बढी गहुँँ उत्पादन गर्दा प्रति के.जी. ७ रुपैयाको दरले अनुदान प्रदान गरिएको, नियमित मासिक कर्मचारी कार्य सहजीकरण बैठक बस्नुका साथै जनप्रतिनिधि र कर्मचारीहरु बीच समन्वय बैठक बस्ने गरेको ।


शिक्षाः
नतिजामा आधारित अनुदान कार्यक्रम मार्फत ६ वटा उत्कृष्ट विद्यालयलाई पूर्वाधार निर्माणमा सहयोग, विद्यालय सौन्दर्यकरण कार्यक्रम अन्तर्गत प्रत्यक्ष रुपमा १७ वटा विद्यालयमा निर्माण कार्य गरिएको, विद्यालयमा लोकसेवा र शिक्षक सेवा पुस्तकहरु वितरण गरिएको, अतिरिक्त क्रियाकलाप, वृहत शैक्षिक कार्यक्रम, वृहत विज्ञान प्रदर्शनी, आदि कार्यक्रमहरु गरिएको, गाउँँ शिक्षा योजना निर्माण गरिएको, विद्यालय करेसाबारी कार्यक्रमलाई निरन्तरता दिईएको गाउ“पालिकाको शिक्षा तर्फको प्रगति विवरण छ।
स्वास्थ्यः
सिकलसेल भएकालाई निःशुल्क बीमाको सुरुवाट गरिएको, विद्यालय Nursing कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढाएको, स्वयंसेविकालाई सम्मानजनक विदाईको सुरुवाट गरिएको, औषधी र स्यानिटरी प्याड बोलपत्र मार्फत गर्ने कार्यको सुरुवाट पालिकाले गरेको छ ।
कृषिः
गहु“ उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई कार्यविधि बनाई लागू गरिएको, विद्यालय करेसाबारी कार्यक्रम निरन्तरता गरिएको, Nursery व्यवस्थापन कार्यको सुरुवाट, दूध उत्पादनको आधारमा अनुदान कार्यक्रम सञ्चालन गरिने भएको छ ।
पूर्वाधारः
२४ वटा बोलपत्र र ९९ बढी अन्य विधिबाट पूर्वाधारको कार्य प्रशासकीय भवनको सम्झौता चरणमा रहेको ।

सामाजिकः
जानकी गाउँँपालिकालाई बालमैत्री स्थानीय शासन (CFLG) २०८३ साल को माघ मसान्तभित्र घोषणा गर्ने गरी कार्य अगाडी बढाएको, जानकी गाउँँपालिकामा थारु लोककलाको हब प्रवद्र्धनका लागि आवश्यक कार्यको सुरुवाट गरिएको, विपद्सँँग जानकीवासी अन्तर्गत APF को प्राविधिक सहयोगमा २० जना स्थानीयलाई विपद्जन्य घटनासँँग लड्ने तालिम दिईएको, World Bank, संघीय सरकार, प्रदेश सरकार र जानकी गा.पा. को आर्थिक साझेदारीमा खानेपानी क्षेत्रगत शुसासन आयोजना कार्यान्वयन भईरहेको छ ।
स्थानीय तहले अनुभूत गरेका प्रमुख समस्याः
गाउ“पालिकाको प्रशासकीय भवन निर्माण हुन नसकिएको, गाउँँपालिका स्तरीय १५ शैय्या अस्पताल निर्माण हुन नसकिएको, आवश्यक राजश्व संकलन गर्न नसकिएको, नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्न कठिनाई, छाडा पशु चौपाया व्यवस्थापनमा कठिनाई, जानकी गाउ“पालिकाको शैक्षिक गुणस्तर सुधार र कक्षा ८ र १० को नतिजा अपेक्षित हुन नसकेको, बर्षेनी हुने नदी कटान तथा डुबानको समस्यालाई समाधान गर्न कठिनाई भईरहेको, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिका बीच सिमा विवादको कारण कर्णाली नदीको नदीजन्य पदार्थको कर संकलनमा समस्या आउने गरेको छ ।


त्यसै गरि जानकी गाउँँपालिकालाई कसरी सूचना मैत्री बनाउन सकिन्छ भन्ने उद्देश्यले पत्रकार भेतघाट कार्यक्रमको आयोजना गरिएको गा.पा. अध्यक्ष गणेश चौधरीले बताउनु भयो । समग्र पालिकाको विकासका लागि जनप्रतिनिधि र कर्मचरी एक रथका दुई पांग्रा हुन् भन्ने भनाई राख्नु भएको थियो । पालिकाले प्रशासनिक भवन निर्माण, ६ नं. वडामा १५ शैयाको अस्पताल स्थापना, ४ नं. वडामा हरियाली गाउँँ बनाउन नर्सरी स्थापना, गाउँँ शिक्षा योजना, दुधमा पनि उत्पादनमा आधारित अनुदान कार्यक्रम, जानकीको २ वटा वडा मा होमस्टे संचालनको अवधारणा ल्याएको पनि गा.पा. अध्यक्ष चौधरीले जानकारी दिनु भयो । कक्षा ८ र १० को रिजल्ट राम्रो नआएमा उहाँँले दुःख व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *