स्वस्थ समाज निर्माणका लागि कैलारीमा पोषणमैत्री स्थानिय शासन कार्यान्वयन तालिम

असार ११,
कैलालीको कैलारी गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयन सम्बन्धी सरोकारवालाहरुलाई पालिका स्तरीय अभिमुखिकरण तालिम दिईएको छ।
पोषण संवेदनशील सेवाको उपलब्धता र गुणस्तर सुधार गरी समतामूलक पहुँच र उपभोगको सुनिश्चितता गर्नु, पोषणमेत्री प्रणालीगत पद्धति सस्थागत गर्नका लागि तीन तहका सरकार तथा सरोकारवालाको क्रियाशीलता, जवाफदेहिता र संस्थागत क्षमता अभिवृद्धि गर्नु, सामाजिक व्यवहार परिवर्तन मार्फत स्वास्य, पोषण र खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी असल व्यवहार प्रवद्र्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको थियो भने गुणस्तरीय पोषण सेवाको उपलब्धता र पहुँचको सुनिश्चतता गर्दै मानव जीवनचक्रमा पोषणको अवस्था सुधार गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, महिला, कृषिको विकाससँगै वडाहरु बालमैत्री घोषणा गर्ने पालिकाको योजना रहेको गाउँपालिका उपाध्यक्ष भगवती कुमारी चौधरीले बताउनु भयो । लागुपदार्थ दुव्र्यसनी तथा बाल विवाह न्यूनिकरणका लागि आवश्यक कदमहरु पहल भईरहेको बताउँदै भौतिक संरचनाको विकास सँगै सामाजिक विकास हुन जरुरी रहेको पनि वहाँले बताउनु भयो । खानपान, रहनशहन, संस्कार सांस्कृतिक विकासका लागि आफुबाट सुरुवात गर्यौं भने अरु छरछिमेक, समाजले अनुशरण गर्छ । स्वास्थ्य समाज निर्माणमा सम्पूर्ण भलमन्सा, स्वयम्सेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सवै जना लाग्नु पर्छ । वहाँले भन्नु भयो ।

कैलारी गाउँपालिकाको आयोजनामा भएको अभिमुखीकणमा सामुदायिक विकास केन्द्र डोटीको सहकार्य रहेको थियो । अभिमुखीकरण तालिममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी, बुद्धिजिवी, स्वास्थ्य स्वय्सेविका लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । तालिमलाई कुपोषणको अन्त्य, मानवपूँजी निर्माण र समग्र आर्थिक सामाजिक विकास गर्ने बहुक्षेत्रीय पोषण योजनाको दिर्घकालिन सोच रहेको कार्यक्रमका प्रशिक्षक सज्जन योगेशले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *