बाल अधिकार तथा बाल संरक्षणमा ठुलो चुनौती छः चित्र बहादुर चौधरी

असार ६,
बाल अधिकार तथा बाल संरक्षणमा ठुलो चुनौती रहेको जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भएको छ। नेपाल सरकारले ठुला उद्योग बन्द गर्दै जान्छ र स्थानिय तहलाई राजगारको सृजना गर भन्ने पनि अध्यक्ष चित्र बहादुर चौधरीको भनाई छ । विद्यालय जाने बालबालिकाहरुको अभिभावकहरु उनिहरुलाई लिएर कामका सिलसिलमा अन्य जिल्ला तथा छिमेकी राष्ट्र भारत जाने क्रम बढे संगै बालबालिकाहरुको बाल अधिकार हनन् भएको, शिक्षामा गुणस्तर नआएको विषय प्रति संघिय सरकारको ध्यानाकर्षण नभएको र उनिहरुलाई संरक्षण गर्नु पर्ने बोझ स्थानिय तहलाई दिएको उहाँले बताउनु भयो । उद्योगहरु बन्द हुनाले रोजगारी नपाई बाध्यताले बाहिर काम गर्न जानेहरुको बालबालिकाहरुका लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले समेत गम्भिर ध्यानाकषर्ण गर्न आवश्यक रहेको पनि वहाँले जिकिर गर्नु भयो ।

अन्तरकृयामा जोशीपुर गाउँपालिका शिक्षा शाखा प्रमुख संग्राम धामीले बाहिर काम गर्न जाने तथा बसाई सराईले पनि प्रभावकारी अध्ययन र अध्यापनमा ठुलो असर पारेका बताए । २०८५ साल सम्म हरेक बालबालिकाले विद्यालयमा पढ्न पाउने अधिकारलाई सार्थकता प्रदान गर्न सरकारले अव आवसीय विद्यालय अथवा आवासीय छात्रबासको अवधारणा ल्याउन अनिवार्य रहेको पनि वहाँले बताउनु भयो ।
कार्यक्रममा पत्रकार जीवन डंगौराले विभिन्न संघसंस्थाहरु बाल अधिकार तथा बाल संरक्षणको वारेमा काम गर्दै आए पनि बाल अधिकारको हनन्, बाल विवाह, लागुपदार्थ दुव्र्यसनीको तथ्याङ्कमा वृद्धि भएको भएको बताउनु भयो ।

त्यसै गरि बाल कल्याण संघ टीकापुरका रामलाल चौधरीले पहिले बाल अधिकार, लागुपदार्थ दुव्यसनी, बालविवाह, बाल हिंसा लगायतको विषय प्रति जनताको खासै ध्यान नगएको र अहिले यस विषयमा सवैले चाँसो राखेको विषयले तथ्याङ्कमा वृद्धि भएको देखिएको बताउनु भयो । “अभिभावक, यूवा समिति, बाल क्लव, महिला समुह सवै सचेत भईरहेका छन् । सुधारका ईम्प्लीमेन्ट दुरुन्त देखिदैन अलि समय लाग्छ ।” वहाँले भन्नु भयो ।
“बलबालिकामा लगानी सुनिश्चितको थालनी, बालबालिका राष्ट्रिय गौरव हुन्” मुल नारा रहेको कार्यक्रममा बाल क्लवका प्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयं सेविका, भलमन्सा, प्रहरी, बालबालिका तथा महिला शाखा, स्वास्थ्य शाखाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सिविन नेपालको आयोजनामा भएको कार्यक्रममा जोशीपुर गाउँपालिकाको आर्थिक सहयोग रहेका थियो । कार्यक्रमलाई संस्थाका जिल्ला कोर्डिनेटर हरिलाल चौधरीले प्रशिक्षण दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *