जल उपभोक्ता संस्था व्यवस्थापन तालिम जोशीपुरमा सुरु

जेठ २९,
कैलालीको जोशीपुरमा जल उपभोक्ता संस्थाको संस्थागत विकास तथा प्रविधि हस्तान्तरण सम्बन्धि तालिम सुरु भएको छ। पथरैया मोहना सिंचाई व्यवस्थापन कार्यक्रम धनगढी कैलालीको आयोजनामा भएको तालिम थारु फुडल्याण्डमा जेठ २९ गते देखि असार १ गते सम्म हुने छ ।

जल उपभोक्ताहरु विच भएको विवाद न्यूनिकरण, स्रोतको पहिचान, परिचालन तथा व्यवस्थापन, गुणस्तरीय संरचना, अभिलेख व्यवस्थापन, मर्मत सम्भार लगायतको विषयलाई लिएर सिंचाई जल उपभोक्ताहरुलाई तालिम दिईरहेको पथरैया मोहना सिंचाई व्यवस्थापन कार्यक्रम धनगढी कैलालीका प्रमुख एवं कार्यक्रमका सभाध्यक्ष रुपेश भट्टराईले बताउनु भयो । सिंचाईको संस्थागत विकास कसरी गर्ने, माथि देखि तल सम्मका किसानहरुलाई न्यायपूर्ण तरिकाले कसरी सिंचाई व्यवस्थापन गर्ने, यसवारे ज्ञान भयो भने संस्थालाई दिगो रुपमा संचालन गर्न सकिने पनि वहाँले बताउनु भयो ।

त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि बाँणी सिंचाई जलउपभोक्ता संस्थाका अध्यक्ष विधिराम चौधरीले यस क्षेत्रमा सिंचाईको व्यवस्थापन राम्रो भयो भने चैते धान खेतिलाई मुख्य बालीको रुपमा विकास गर्न सकिने बताउनु भयो । बाँणी सिचाई जलउपभोक्ता संस्थाको संस्थागत विकासका लागि केन्द्रमा पहल र प्रयास भईरहेको पनि वहाँको भनाई रहेको थियो । छनौटमा परेका जलउपभोक्ताहरुलाई तालिम पश्चात अन्य किसान जलउपभोक्ताहरुलाई सिकाउन समेत वहाँले आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *