
जेठ १७,
कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ३ स्थित चौंरट्ठीमा सत्गौंवा थारु समाज संघ कैलालीको चौथो अधिवेशन भएको छ । भागिराम सत्गौंवाको सभाध्यक्षता तथा सत्गौंवा थारु समाज संघ दाङका अध्यक्ष खडक बहादुर सत्गौंवाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा सत्गौंवा समाज संघ कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङ गरि ५ जिल्लाबाट सहभागिता जनाएका थिए । “एकता पहिचान र प्रगतीको आधार, सत्गौंवा थारु समाज संघको अभियान, थारु समाजको शान, सत्गौंवा हाम्रो पहिचान” भन्ने मुल नारा रहेको अधिवेशनमा विभिन्न थारु संस्कृति झल्कीने सांस्कृतिक नाच, गान प्रस्तुतीकरण सहित सत्गौंवा थारु समाज कैलालीका संस्थापक बाल किसन सत्गौंवाको फोटोमा माल्यार्पण पनि गरिएको थियो ।

५ जिल्लाबाट कार्यक्रममा भएको सहभागि भएका सत्गौंवा थारु समाज एकताको प्रतिक रहेको थारु कल्याणकारिणी सभा कैलालीका सभापति विर बहादुर थारुले बताउनु भयो । अवको दिनमा सत्गौंवा पदवी भएका थारुहरुले आफ्नो बालबालिकाहरुको जन्मदर्ता गर्दा पनि सत्गौंवा पद्वी लेखाउनमा जोड दिनु पर्ने पनि उहाँले बताउनु भयो ।

त्यसै गरि सत्गौंवा थारु समाज दाङका सचिव काँसीराम सत्गौंवाले अवको संगठनलाई आर्थिक तर्फ बलियो बनाउनु पर्ने बताउनु भयो । वहाँले दाङमा यस सत्गौंवा समाजले सहकारी संचालन गरि आफ्ना गोतियारहरुलाई सहज र सुलभ रुपले ऋण उपलब्ध गराई रहेको बताउनु भयो । “अव सत्गौंवा समाजले प्रत्येक जिल्लामा संगठन बलिया रुपमा संचालित हुनु पर्छ र भलाई कोष सञ्चालन गरि आर्थिक रुपमा समृद्ध हुन जरुरी पनि छ।” उनले भने । सत्गौंवा समाज दाङले सत्गौंवाहरुको बालबालिका जोशो एस.ई.ई. र प्लसटुमा राम्रो अंग ल्याएर पास हुने जेहेन्दार र परिश्रमी विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारको व्यवस्था गर्दै आएको पनि बताए ।

अधिवेशनको औपचारिक कार्यक्रम पश्चात गरिएको बोर्ड कमिटिको छनौटमा अध्यक्ष पदका लागि राम नाथ सत्गौंवा र चन्द्र सिंह थारु सत्गौंवाले दाबी गरेका छन् । सहमतिमा नै पदाधिकारी चयन गर्ने भनिएता पनि राती करिव ११ बजे सम्म पनि सहमति हुन नसकेको आयोजकले जनाएको छ। उपाध्यक्षमा दुखीराम सत्गौंवा र सचिवमा भगत बहादुर सत्गौंवा सर्व सहमत भएका छन् भने अध्यक्ष, कोषाध्यक्ष, सह सचिव, सदस्यहरु अझै पनि चयन हुन नभएको पनि आयोजकले जनाएको छ।

