खर्बुजाबाट मनग्य आम्दानी गर्दै टेटराम चौधरी

जेठ ४,
जोशीपुर गाउँपालिका वडा नं. ३ स्थित भितरिया निवारी टेटराम चौधरी सिजनल खर्वुजा खेति गरि मनग्य आम्दानी गर्दै आएको छन् । पछिल्लो ५ वर्ष पहिले देखी सिजनल खर्बुजा खेति गर्दै आएका चौधरीले पहिले ५ कट्ठामा गर्दै आएको थिए भने अहिले ३ कट्ठा बढाएर ८ कट्ठामा सिजनल खर्बुवा खेति गर्दै आएका छन् । ८ कट्ठामा लागत खर्च कटाएर ८० देखि ९० हजार आमदानी हुने चौधरीले बताए । “८ कट्ठा जमिनमा धान, तोरी र खर्बुजा गरि एक वर्षमा ३ बाली सम्म लगाउँछौं तर सवै भन्दा वढी खर्बुजामा आम्दानी हुन्छ ।

सुरुमा १० धुर जग्गामा खर्बुजा खेती गरेर १७ हजार आम्दानी भएको थियो । त्यसैले मलाई यो सिजनल खर्बुजा खेती गर्नमा प्रोत्साहन बढायो । अव ८ कट्ठामा गर्छु । अग्र्यानिक र ताजा उत्पादन छ । यसका लागि हामीले गोबर मल ३ ट्राली हाल्छौं । रासायनिक मल केहि मात्रामा प्रयोग पनि गछौं । त्यो पनि किरा मार्नलाई मात्र । लक्ष्मि कम्पनीको क्रिसा जातको खर्बुजा जसलाई स्थानिय भाषामा नागिन र अनारकली पनि भन्ने गर्दछन् । यो जातको खर्बुजा राम्रो उत्पादन हुन्छ र बजार पनि राम्रो लिन्छ ।” उनेले भने ।

अहिले परम्परागत तरिकाले खेती गर्दै आएको तर अव मल्चिङ प्रविधिबाट खर्बुजा खेती गर्ने विचार रहेको पनि उनको भनाई छ । खर्बुजा भारतबाट खुल्ला आईरहेकोले बजारीकरणमा असर पारिरहेको छ । बारीमै आई व्यापारीहरु होलसेलमा खर्बुजा ठाउने गर्दछन् तर खर्बुजा भारतबाट आईरहेकोले आफै बजार तथा गाउँ गाउँ सम्म बेच्न जानु पर्ने बाध्यता भईरहेको उनेले बताए ।
हाम्रो यहाँ जेठ महिनाको पहिलो हप्ता सम्म उत्पादन सकिने हुन्छ तर यस वर्ष हामिले असाढ सम्म खर्बुजा बेच्ने गरि योजना बनाई खर्बुजा खती गरेका छौं । पहिलो चरणको खर्बुजा सकिदैछ र दोस्रो चरणको खर्बुजा भरखर उत्पादन हुदैछ । यो असार महिनामा बेच्छौं । उनले भने । प्रचण्ड गर्मीमा गाउँका किसानहरु धान लगाउने समयमा खर्बुजा खान पाउने चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *