
जेठ १९,
कैलालीको जोशीपुरमा कम्प्युटर साक्षरता तालिम सम्पन्न भएको छ। जोशीपुर गाउँपालिका वडा नं. ३ को आ.व. २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तरगत कम्प्युटर साक्षरता तालिम दिइएको थियो । २०८१ साल माघ १८ गते देखि सुरु भएको साक्षरता तालिम २०८२ जेठ १९ गते सम्पन्न भएको हो । ३ नं. वडा अध्यक्ष रेणु कुमारी डंगौराको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमको सभापति क्याम्वृज कम्प्युटर ईन्टीच्यूट जानकी गा.पा. १ का सन्तोष कठरिया रहनु भएको थियो ।

जोशीपुर ३ नं. वडाका युवाहरुलाई कम्प्युटर सिपको विकास गरि कम्प्युटरमा दक्ष बनाउन वडाले ४ महिने तालिम दिइएको वडा अध्यक्ष रेणु कुमारी डंगौराले बताउनु भयो । प्रशिक्षक अनिल प्रसाद कठरिया र ममता कुमारी कुश्मीले प्रशिक्षार्थीहरु राम्रो र जेहेन्दार रहेका बताए । कोर्षको समापन पछि लिइएको परिक्षामा विशाल चौधरी प्रथम, शिवानी चौधरी द्धितीय र आर्यन चौधरी तृतिय स्थानमा रहेपनि सवै विद्यार्थीहरु मेहनती रहेको बताए ।
