संस्कृति पुस्तान्तरणमा जोड दिँदै अटल यूवा क्लव

कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ स्थित बौनियाँमा माघ मिलन तथा शुभमकामना आदान प्रदान सम्पन्न भएको छ । माघ मिलन मात्र नभई संस्कृति, परम्परा, रितिरिवाज, चालचलनलाई प्रस्तुत गर्ने एक अवसरको रुपमा थारु समुदायको नयाँ वर्ष माघलाई मनाईको छ। ढिक्री, बैरिक चट्नी, सिध्रक टिना, पकली, सुरिक सिकार लगायत विभिन्न पकवान सहित पहुनाहरुलाई फुलमालाले स्वागत सम्मान गरिएको कार्यक्रम एक संस्कृति पुस्तान्तरण गर्ने मुख्य पर्वको रुपमा मनाइएको कार्यक्रमका सभापति कन्हैंया लाल चौधरीले बताउनु भयो । पौषको अन्तिम दिनमा भव्य खानपान सहित अर्को दिन विहानै पुजा पाठ गरि अग्रजसँग आशिर्वाद लिने, माघ महिनामा खोज्नी बोन्जी गरि गाउँ समाजको नेतृत्वका लागि नयाँ चयन गर्ने जस्ता महत्वपूर्ण कामकाजहरु गरिने भएकोले यसबाट नयाँ पुस्तालाई धेरै कुराहरु सिक्ने र सिकाउने समय रहेको पनि वहाँको भनाई रहेको थियो ।

त्यसै गरि कार्यक्रममा राष्ट्रिय गायक दर्पण कुशम्याले माघ महिनामा ढुनी लगाएर गाईने पौराणिक ईतिहास बोकेको धमार गित गाउँदै नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्नु पर्ने बताए । उनले भने “यस अटल यूवा क्लवले बास्तविक रुपमा संस्कृति संरक्षण गर्नमा लागेको छ। यहाँ कुनै किसिमको डिजे तथा भोजपुरी गितमा नृत्यहरु देखिएन, स्टेजमा पनि आफ्नै संस्कृति मात्र प्रस्तुत गरिएको छ । झुम्रा, धमार, मघौटा नाच प्रस्तुत गरिएको यो स्टेजबाट मलाई पनि सांस्कृतिक गित गाउन थप उत्प्रेरणा मिलेको छ।”

त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि टीकापुर ९ नं. वडाका कार्यवाहक अध्यक्ष किरण चौधरीले संस्कृति संरक्षणमा अटल यूवा क्लव अगाडी रहेको बताउँदै आफ्नै साँस्कृतिक पहिरनमा सवै बालबालिकाहरु कार्यक्रममा आएकोले कार्यक्रम झनै संस्कृतिमय भएको बताउनु भयो । माघको शुभकामना आदान प्रदानमा आफ्नै संस्कृति परम्परा अनुसार कार्यक्रममा आफुलाई स्वागत सम्मान गरेको बताए । अटल यूवा क्लवको आयोजनामा भएको यो सांस्कृतिक कार्यक्रममा थारु संस्कृतिको महत्वपूर्ण झल्को देख्न अवसर पाएको भन्दै वडाबाट १० हजार कार्यक्रमका लागि विनियोजित गर्ने बताउनु भयो । संस्कृति संरक्षणका जुटेका युवाहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको समेत उनले बताए ।

“जहाँ संस्कृति छ त्यहाँ संस्कार छ । संस्कृति र संस्कारले नै आफ्नो पहिचान निर्धारण गर्दछ। संस्कृति हरायो भने हामी हराउँछौं । हाम्रो अस्तीत्व हराउँछ । त्यसकारण आफु र आफ्नो समुदायलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउन संस्कृति संरक्षण र प्रवद्र्धन आवश्यक छ” भन्ने भनाई कार्यक्रमका विशिष्टि अतिथि थारु फिल्म तथा साँस्कृतिक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष नृत्य निर्देशक सुधराम दहितको रहेको थियो ।

“झुम्रा, सखिया, मुंग्रहुवा, धमार हमार सान, संस्कृति पुस्तान्तरण कर्ना हमार अभियान” मुल नारा रहेको कार्यक्रममा समाजसेवि, बुद्धिजिवी, शिक्षाप्रेमी, कलाप्रेमी लगायतसमेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा अटल यूवाका विभिन्न पदाधिकारिहरुलाई सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो भने कार्यक्रमलाई क्लवका पूर्व अध्यक्ष छोटेलाल चौधरीले शहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *