
माघ २०,
कैलालीको भजनी नगरपालिका वडा नं. ८ मा अवस्थित कृष्ण ध्वज चन्द माध्यमिक विद्यालयको भ्रष्टचार सम्बन्धि विभिन्न समाचार माध्यमबाट सामाचार प्रकासित भएपछि व्यापक खोजिनिति तथा छलफल गरिएको छ । विद्यालय जस्तो पवित्र स्थानमा पनि भ्रष्टचार हुनु अतिनै दुखद खवर रहेको भन्दै स्थानिय समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमीहरु, विभिन्न राजनितिक दलका प्रतिनिधि आक्रोसित भई खोजिनिका लागि विद्यालय पुगेका थिए । वि.व्य.स. अध्यक्ष विर बहादुर चौधरी, शि.अ.संघका अध्यक्ष राम कृष्ण चौधरी, वडा अध्यक्ष पंकज चौधरी, वडा सदस्य लाल्तु प्रसाद चौधरी लगायत वडा नं. ८ का समाजसेवी, वुद्धिजिवीहरुको उपस्थितिमा सोहि विषयको खोजिनितिका लागि विद्यालय अनुगमन गरेका छन् ।

विद्यालयको बालविकास कक्षा व्यवस्थापन अक्षर, चित्र लेखन वाफत वडाबाट १ लाख ३० हजार ९ सय ५० रुपैया र विद्यालयको आन्तरीक कोषबाट सोहि शिर्षकमा खर्च गरिएको ३ लाख ५२ हजार रकमको विषयमा सामाचार आएपछि यस विषयमा खोजिनितिका लागि सरोकारवालाहरु विद्यालय पुगेका हुन् ।

८ नं. वडाका समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, विद्यालयका प्र.अ., शि.अ.संघ, वि.व्य.स., वडा अध्यक्ष, वडा सदस्य लगायत सरोकारवालाहरुको उपस्थितिमा करिव ५ घण्टा विद्यालयको प्राङ्गणमा वृहत छलफलबाट वडापालिकाबाट आएको बजेट र विद्यालयको आन्तरीक स्रोतबाट खर्च गरिएको बजेटको विषयमा शंका गरिएकोले सो सम्बन्धि व्यवस्थापन समिति र विद्यालय प्रशासनले वडाको वजेट ढोका निर्माण र रंगरोगन तथा मर्मतमा खर्च गरेको र विद्यालयको रकम डेस्क वेन्च निर्माण र विद्यालयको रंगरोगन तथा मर्मतमा खर्च गरिएकोले विद्यालयमा भ्रष्टचार नभएको भेलाले निर्णय गरेको छ।

तर भेलाले निर्णय गरेपनि स्थानिय समाजसेवी ज्ञान बहादुर रावलले चित्त नबुझेको बताए । उनले भने “यस विद्यालयको वारेमा भ्रष्टचारको समाचार आउनु दुखद विषय हो । विद्यालयको प्रशासनिक कार्य कमजोर देखिएको छ । सुधार गरेर लैजान आवश्यक छ ।” उनले निर्णयमा हत्ताक्षर समेत गरेनन् ।

त्यसै गरि वडा अध्यक्ष पंकज चौधरीले भेलाले गरेको निर्णय प्रति पूर्ण सहमति नजनाएको बताएका छन् । उनले भने “यस विषयमा अझै विस्तृत खोजीनिति हुनु पर्छ । जुन शिर्षकमा खर्च हुनुपर्ने हो त्यो शिर्षकमा खर्च भएको देखिएन । त्यसका लागि खर्च गरेको विल भौचर र बैंक स्टेट्मेन्ट सहित सम्ब्ीन्धत निकायले जवाफ दिनु पर्छ ।”

त्यसै गरि शिक्षक अभिभावक संघका अध्यक्ष रामकृष्ण चौधरीले विद्यालयको आय–व्ययमा शिर्षक नमिलेको कारण मैले नबुझेर हो या बुझाउनेले बुझाउन नसकेर हो मैले डेष्क बेन्च निर्माणमा भएको खर्चको खोजिनिति गरेको थिए । उनले आफुबाट गल्ती भएको भन्दै भेलामा गल्ती स्वीकार गरेका छन् ।

त्यस्तै विद्यालयका प्र.अ. शंकर चौधरीले विद्यालयको पैसा हिनामिना गरेको प्रमाणित भए प्र.अ.बाट राजिनामा दिने बताए । उनले भने “शिर्षकवाईज खर्च नभए पनि पैसा विद्यालयकै रंगरोगन, फर्निचर निर्माणमा खर्च भने भएकै छ। हामी सँग विल भौचर छ ।”
त्यसैगरि विद्यालयमा शैक्षिक गुणस्तरका लागि पहल र प्रयासमा सवै जना लाग्नु पर्छ भन्ने समाजसेवी वुद्धिजिवीहरुको भनाई रहेको थियो ।
