
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ भितरिया स्थित फरक क्षमता भएका श्याम चौधरीलाई मलेसिया ह्वील चियर सहयोग आएको छ। पत्रकार सुधराम दहितले जोशीपुर अनलाईनको आधिकारिक फेसवुक पेजबाट “ओहो ! अपांग भाईको ह्विल चियर पनि अपांग भए छ भन्दा हाँसो उठ्ला तर वास्तविकता फोटोले आफै चित्रण गरेको छ । यतातिर पनि सरकारको ध्यानाकर्षण होस् र सहयोगि हातहरुलाई सहयोगको लागि विनम्र अपिल गर्दछु ।” भनेर पोष्ट गरेको केहि समयमै सहयोग हातहरुको प्रतिकृया आएको थियो । केहि दिनको पहल र पयास पछि जोशीपुर गा.पा. ६ महादेवा निवासी हाल कामको सिलसिलामा मलेसिया बसाई रहेको (जिल्लास्तरीय, प्रदेशस्तरीय व्याटमिन्टन खेलाडी) उमेश चौधरी र वहाँको काका नाता पर्ने जोशीपुर ६ महादेवा घर भएको बुबा ठग्गाराम डंगौरा र आमा मंङ्गनी डंगौराको कान्छो सन्तान, ४ वर्षकै उमेरमा पोलियो रोगले दुवै खुट्टा गमाउनु भएका, हाल ह्वील चियरको सहयोगले काठ्माडौंमा बस्दै आउनु भएका मनकारी सहयोगी मनका धनी ४३ वर्षिय कृष्णराज चौधरीद्धायको सहयोगमा श्याम चौधरीलाई ह्वील चियर हस्तान्तरण गरिएको छ। हरियाली पार्वती सामुदायिक वनका अध्यक्ष राहुल बुढाको सभाध्यक्षता तथा वडा नं. ३ का कार्यवाहक अध्यक्ष ज्ञान कुमार महतोंको प्रमुख आतिथ्यता तथा मलवारा डल्फिन मिडिया मञ्चका पत्रकार, स्थानिय समाजसेवी, वुद्धिजिवी, भलमन्सा, लगायत स्थानियहरुको उपस्थितिमा ह्वील चियर हस्तान्तरण गरिएको हो । सँगसंगै हरियाली पार्वती सामुदायिक वनले एक जोर न्यानो कपडा प्रदान गरेको थियो ।

ह्वील चियर सहायताले बाँची रहनु भएका कृष्णराज चौधरीले फरक क्षमता भएका व्यक्तिहरुको जीवन धेरै कष्टकर र दुःखदाई रहेको बताउँदै सहयोग गरेको वहाँले बताउनु भयो । त्यसै गरि मलेसिया निवासी उमेस चौधरीले संचार माध्यमले फरक क्षमता भएका व्यक्तिहरुको सहयोगको लागि आवाज उठाएकोमा धन्यवाद दिंदै सहयोग गर्ने मौका पाएको बताउनु भयो । सानो सहयोगले वहाँ श्याम चौधरीको जीवनमा खुशी आओस्, जीवन जीउनमा थोरै भए पनि सहज होस् भन्ने पनि सहयोगी द्धायको भनाइ रहेको छ ।

सहयोगी हातहरुलाई धन्यवाद दिंदै समाजिक रुपान्तरणका लागि सवैको हातेमालो आवश्यक छ । अति विपन्न, गरिव, सिमान्तकृत वर्गहरुको लागि सामुदायिक वनले सहयोग गर्न आवश्यक देखिएको पत्रकार जीवन डंगौराले बताए ।
नयाँ व्हील चियर पाएपछि श्याम चौधरीको मुहारमा खु्शी छाएको थियो ।
