
मंसिर २८,
रमेश सि.ती.को शब्द, पुष्कर महतो को एरेन्ज खेम चौधरी र समिक्षा चौधरी को सुमधुर आवाज रहेको ‘विवाह’ भन्ने गितको म्युजिक भिडियो सेबिल ईन्टरटेनमेन्ट युट्यूव च्यानलबाट सार्बजनिक भएको छ । उक्त म्युजिक भिडियोमा डेढ दशक देखि अभिनय गर्दै आइरहनु भएका थारु फिल्म बिराका नायक वीर चौधरी त्यसैगरी देबदास र दिब्या चौधरीको अभिनय रहेको छ। दिब्या चौधरीको भने यो पहिलो अभिनय हो । म्युजिक भिडियोलाई आदर्श महतोले निर्देशन गरेका छन् । भिडियो छायांकन सम्पादन रामु चौधरी(आर.के.सी.)को रहेको छ । यसको छायांकन भारतको यु.पि. रझेडा गाउँ बलराम्पुरमा भएको हो ।