जोशीपुर जेसीजको ११ औं अधिवेशन सम्पन्न/अध्यक्षमा भुमि सागर सुनार निर्वाचित

पौष ३,
नेपाल जेसीज एरिया ‘डि’ अन्तरगतको जोशीपुर जेसीज शाखाको ११ औं शाखा अधिवेशन सम्पन्न भएको छ। शाखा अधिवेशनको निर्वाचनमा भुमि सागर सुनार अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुन भएकोछ । त्यसै गरि कार्यकारीणी उपाध्यक्षमा जीवन लाल डंगौरा र राहुल बुढा निर्वाचिन हुनुभएको छ भने उपाध्यक्षमा वडा नं. ३ का वडा अध्यक्ष रेणु कुमारी डंगौरा, पुजा चौधरी, सिद्धराज जोशी र रविना कुमारी चौधरी निर्वाचित भएका छन् ।

त्यसै गरि नयाँ निर्वाचित अध्यक्ष भुमिसागर सुनारले कानुनी सल्लाहकारमा चेतराज जोशी, महासचिवमा शुसिल चौधरी र कोषाध्यक्षमा सन्तोष वि.क.लाई मनोनित गर्नु भएको छ । त्यसै गरि अध्यक्ष सल्लाहकारमा विरेन्द्र डंगौरा मनोनित हुनु भएको छ।

जोशीपुर जेसीजको ११ औं शाखा अधिवेशन जोशीपुर जेसीजका निवर्तमान अध्यक्ष धर्मेन्द्र विष्टको सभाध्यक्षता तथा जोशीपुर जेसीजका संस्थापक अध्यक्ष सन्तोष पौडेलको प्रमुख आतिथ्यता र जोशीपुर जेसीजका पूर्व अध्यक्षहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भए हो ।

अधिवेशनमा वर्ष २०२० का अध्यक्ष विष्णु प्रसाद डंगौरा निर्वाचन कमिटि संयोजक रहनु भएको थियो भने निर्वाचन कमिटी सदस्यमा वर्ष २०२१ का अध्यक्ष केशवराज जोशी र वर्ष २०२२ का अध्यक्ष सुधराम दहित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *