डा.चन्द्र गुरुङ सा.व.को १४ औं वार्षिक साधारण सभा सम्पन्न

मंसिर २४,
कैलाली जोशीपुर गा.पा. ३ मा आवस्थित डा.चन्द्र गुरुङ सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । डा.चन्द्र गुरुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितेन्द्र कठरियाको सभाध्यक्षता तथा वडा नं. ३ का वडा अध्यक्ष रेणु कुमारी डंगौराको प्रमुख आतिथ्यता लगायत सव डिभिजन वन कार्यालय भजनीका अधिकृत लाल बहादुर विश्वकर्मा, सव डिभिवन वन कार्यालयकै प्रकाश महर, वडा नं. ३ कै पूर्व वडा अध्यक्ष किशोर कुमार कठरिया, १ नं. वडाका पूर्व अध्यक्ष विधिराम चौधरी, समाजसेवी वुद्धिजिवी शिवराज विनाडी, विकास कृषि सहकारी संस्थाका अध्यक्ष छोटेलाल कठरिया, उपभोक्ताहरुको उपस्थितिमा १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

शौहार्दपूर्ण वातावरणमा भएको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथिले डा.चन्द्र गुरुङ सा.व. आउने बाटो साह्रै खराब तथा नाजुक रहेको बताए । संस्थाको संरक्षण गर्नु उपभोक्ताको दायित्व रहेको बताउँदै उनले भने “सामुदायिक वन उपभोक्ताहरुले मात्र हिड्ने बाटो होईन यसमा आमसमुदायले हिन्ने गर्दछन् । यहाँ वडिमालिका सा.व., जनहित सा.व., हरियाली पार्वती सा.व.का उपभोक्ताहरु हिड्ने गर्दछन् । यो बाटो सामुदायिक वनले आफ्नो लगानीमा मर्मत गर्न आवश्यक छ । सुरुवात आफुबाट गर्यौैं भने स्थानिय सरकारबाट सहयोग माग गर्न सजिलो हुन्छ । सामुदायिक वनले सामाजिक क्षेत्र तर्फ पनि लगानी गर्न जरुरी छ।”

त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथि लाल बहादुर विश्वकर्माले उपभोक्ताहरुबाटै वार्षिक कार्यक्रमको योजना तर्जुमा तथा कार्यान्वयन हुनु पर्ने बताएका छन् ।

कार्यक्रममा उपभोक्ता एवं समाजसेवी वुद्धिजिवि किरण कठरिया र अनिल कुमार कठरियाले लेखा परिक्षण तथा सामुदायिक वनको आर्थिक आय व्यय सम्बन्धी कहि बुंदामा प्रश्न उठाएका थिए । त्यसलाई सम्बोधन गर्दै सभापति जितेन्द्र कठरियाले संस्थाको विकास तथा सामुदायिक वनको संरक्षण तथा सम्बद्र्धनमा उपभोक्ताहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । सामुदायिक वन जोगाउन संस्था सदैव कटिवद्ध रहेको तर उपभोक्ताहरुले नै वन अतिक्रमण तथा वन कटानीमा सरिक भएकोले वन जोगाउनमा कठिन भईरहेको पनि वहाँले बताउनु भयो । “संस्थाले मात्र वन संरक्षण हुन सक्दैन, जव सम्म उपभोक्ताहरुले वन संरक्षणमा हातेमालो गर्दैनन् । वहाँले भन्नु भयो ।”

वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष सुन्दरी देवी चौधरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यहाँले आ.व. २०८०÷०८१ को ८ लाख ५६ हजार ८ सय ६८ रुपैया बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । साधारण सभामा उपभोक्ताहरु भित्रका गरिव, अति विपन्न, सिमान्तकृत वर्गका जेहन्दार विद्यार्थीहरुलाई पाठ्य सामग्री वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *