
कार्तिक २३,
कैलालीको जोशीपुर गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आजदेखि गहुँको विउ वितरण गरिरहेको छ । आदित्य र विजय जातको गहुँको विउ जोशीपुरका २ सय ८० किसानलाई वितरण गर्ने कृषि शाखाले जनाएको छ ।

यस क्षेत्रका कृषकहरुको प्रोत्साहनका लागि पालिकाले धान, गहुँ, आलु लगायतको उन्नत जातको विउ वितरण गर्दै आएको गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो । यस क्षेत्रमा कृषि योग्य जमिन रहेकोले कृषकलाई अनुदानमा विउ वितरण गरिनुका साथै कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको पनि वहाँले बताउनु भयो ।

