
कार्तिक १९,
कैलालीको जानकी गाउँपालिका वडा ४ स्थित मुनुवामा १८ औं बृहत सांस्कृति कार्यक्रमलाई सम्बोधन गर्दै गा.पा. अध्यक्ष एवं. कार्यक्रमका प्रमुख अतिथि गणेश चौधरीले नेपालमा संस्कृति र प्रकृति जोगाउन सकेभने नेपाल राष्ट्र नै समृद्ध बन्न सक्ने बताउनु भएको छ। “भाषा, भेषभुषा, कला, संस्कृति हम्मर शान, आदिवासी थारु हमरे बचाई अपन पहिचान” भन्ने मुल नारा रहेको कार्यक्रमलाई सम्बोेधन गर्दै वहाँले कार्यक्रमको मूल नारा अनुसार अवको यूवा शक्तिले कार्य गर्नु पर्ने बताए । “नेपाल एक संस्कृति र प्रकृतिले भरिपूर्ण राष्ट्र हो । यसलेनै विश्वमा हामीलाई चिनाएको छ। यसलाई मात्र संरक्षण र प्रवद्र्धन गरि विश्वमा आफ्नो पहिचान दिनसके हाम्रो राष्ट्रिय पहिचान जोगिन्छ र त्यहि संस्कृति र प्रकृतिलाई पर्यटन सँग जोड्नसके नेपाल समृद्ध बन्न सक्छ ।” वहाँले भन्नु भयो ।

त्यसै गरि कार्यक्रममा विशिष्ट अतिथि रहनु भएका जानकी गा.पा.उपाध्यक्ष लालमति देवि कठरियाले सचेत यूवाहरुले आफ्नो पहिरन, खानपान, भाषालाई प्रयोगमा ल्याई नयाँ पुष्तामा पुष्तान्तरण गर्नुपर्ने बताउनु भयो । साँस्कृतिक कार्यक्रमले भाषा, कला, संस्कृतिलाई संरक्षण र पुस्तान्तरणमा मद्दत पु¥याउने पनि वहाँले बताउनु भयो।

त्यसै गरि कठरिया समुदायको आफ्नै बेग्लै दिपावली मनाउने संस्कृति तथा परम्परा रहेको ४ नं. वडा अध्यक्ष दिपेन्द्र कुमार कठरियाले बताउनु भयो ।
मुनुवा यूवा क्लबको आयोजनामा भएको २ दिने बृहत सांस्कृतिक कार्यक्रममा खुल्ला सो डान्स रहनेछ भने “प्रेमके भोगी” नामक नाटक पनि प्रस्तुत गरिने छ ।