शंकर सा.व.उ.स.को बार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई सम्पन्न

भाद्र ८,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ बन्जरियामा अवस्थित श्री शंकर सामुदायिक वन उपभोक्ता समूह जोशीपुर ३, १ र ४ कैलालीको वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । दान बहादुर चौधरीको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिका वडा नं. ३ का अध्यक्ष रेणु कुमारी डंगौराको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

भजनी सव डिभिजन अन्तरगतको सा.व.उ.स.मध्य शंकर सा.व.उ.स. यस शंकर सा.व.ले आ.व. २०८०÷०८१ को पहिलो वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न गर्न सफल भएको छ । सभामा सामाजिक क्षेत्र तर्फ शंकर सामुदायिक वनले गत वर्ष मोहन्याल मा.वि. बडहरिया जोशीपुरका कक्षा १० र १२ पास हुने विद्यार्थीहरुलाई उनिहरुको हौसला प्रदान गर्न उच्च शिक्षाको शुभकामना प्रदान गर्दै सम्मान पत्र तथा पाठ्य सामग्री वितरण गरेको थियो । कार्यक्रममा समाजसेवि बुद्धिजिवीहरुलाई दोसल्ला तथा सम्मान पत्रले पनि सम्मान गरिएको थियो ।

२० लाख ५५ हजार ३३ रुपैया बराबरको आय–व्यय विवरण हिरा चौधरीले प्रस्तुत गर्नु भयो । शंकर सामुदायिक वनले सामाजिक विकास तथा पुर्वाधार, वनविनास तथा पूर्वाधारमा समेत कार्य गरेको अध्यक्ष दान बहादुर चौधरीले बताउनु भयो । शंकर सामुदायिक वनले सामाजिक क्षेत्रमा वडा सँग सहकार्य गर्दै विकासमा टेवा पु¥याउदै आएको वडा अध्यक्ष रेणु कुमारी डंगौराले बताउनु भयो । शंकर सा.व.ले सुशासनको पाटोमा ध्यानमा राखी कार्य गर्नुपर्ने बक्ताहरुको सुझाव सहितको भनाई रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *