जेसिजको आयोजनामा भएको स्वास्थ्य शिविरमा २ सय ७५ जनाले लिए सेवा

भाद्र ८,
कैलालीको जोशीपुर गाउपालिका वडा नं. ३ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जोशीपुर जेसीजको आयोजना तथा मलवारा पोलिक्लिनिक जोशीपुरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । जसमा २ सय ७५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

१ सय २९ जनाको निःशुल्क भिडियो एक्सरे गरिएको थियो । शिविरमा डा.राजु चौधरीको टोलीले लामो समयसम्म ज्वरो आउने, रुघाखोकी लाग्ने, (पेट, छाती,टाउको, ढाड, कम्मर, मासपेसी) दुख्ने, पुरानो ग्यास्ट्रीक, ब्लड प्रेसर, हात खुट्टा झमझमाउने, पिसाव पोल्ने, पिसाव फेर्दा असजिलो हुने, मृगौलाको पथरी, प्रोटेष्ट ग्रन्थी बढेको, हाईड्रोसिल, हर्नियाँ, पित्तथैलीको पथरी, पाइल्स्, महिलाहरुको तल्लो पेट दुख्ने, ढाड कम्मर दुख्ने, महिनावारी गडवढी, सेतो पानी बग्ने, महिनावारी हुँदा धेरै रगत बग्ने, योनी चिलाउने, थाईराईडको समस्या तथा गर्भवती चेकजाँच, भिडियो एक्सरे तथा स्क्रीनिङ्ग, व्लडप्रेसर तथा सुगर चेकजाँच, रगतद्धारा टाईफाइड चेकजाँच गरेको थियो । विरामीहरुलाई लगायत निशुल्क औषधि वितरण पनि गरिएको थियो । शिविर सञ्चालनमा ३ नं. वडा कार्यालय जोशीपुरले आर्थिक सहयोग गरेको थियो भने वडिमालिका सामुदायिक वन उपभोक्ता समूहको पनि सहयोग गरहेको थियो ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल ध्ययलाई सार्थकता दिन जोशीपुर जेसीजले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको जोशीपुर जेसीज वर्ष २०२४ का अध्यक्ष भरत डंगौराले बताए । त्यसै गरि समुदघाटन समारोहका प्रमुख अतिथि वडा नं. ३ का अध्यक्ष रेणु कुमारी डंगौराले जोशीपुर जेसीज सामाजिक रुपान्तरणका लागि विगतका दिनहरु झै यस वर्ष पनि महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको बताए । उनले भने “विपन्न, गरिव, असहाय, दिर्घरोगी र धेरै पैसा खर्च गरेर धनगढी, कोहल्पुर, नेपालगंज आफ्नो स्वास्थ्य चेकजाँच गर्न जान नसक्नेहरुलाई स्थानिय स्तरमै सुविधाको व्यवस्था जेसिजले गरेको छ । यस क्षेत्रको विरामीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाँचसँगै निःशुल्क औषधि पनि वितरण गरेको छ । यो सेवा सवै जनाले लिउन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *