
कैलालीको जोशीपुर गाउ“पालिका वडा नं. २ मुद्धि स्थित श्री जनप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी रमन चौधरी एस.ई.ई. परिक्षामा ३.९६ जि.पि.ए. ल्याई गा.पा. टपर भएका छन् । उनि सामुदायिक विद्यालयमा अध्ययन गरि एस.ई.ई. परिक्षामा गाउ“पालिका भित्रका सवै विद्यार्थीहरु भन्दा उच्च जि.पि.ए.ल्याएर गाउ“पालिका टपर भएका हुन् । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा छैन भन्ने हरेक अभिभावक, शिक्षक, विद्यार्थीहरुको सोचलाई चिर्दै उनले आफ्नो विद्यालयको नाम मात्र नभई जोशीपुर गाउ“पालिका अन्तरगतका सामुदायिक विद्यालयको गौरव वढाएका छन् । सामान्य परिवारका रमन चौधरी ईमान्दार, लगनशील, मेहेनती र कुशल स्वभाव रहेको जनप्रकाश मा.वि.का प्र.अ. सुरेश थारुले बताउनु भयो ।
जोशीपुर गाउ“पालिका शिक्षा शाखाको डाटा अनुसार जोशीपुर गाउ“पालिका क्षेत्र भित्रका सामुदायिक ८ र संस्थागत २ गरि जम्मा १० वटा विद्यालय परिक्षामा सहभागिता जनाएका थिए । जसमध्य विद्यालयको जम्मा परिक्षार्थी प्रतिशतको आधारमामा जोशीपुर हेवन गार्डेनका ९३ प्रतिशत विद्यार्थी एस.ई.ई. परिक्षामा पास भएका छन् भने सरस्वती माध्यमिक विद्यालय फाडिया ३६ प्रतिशत, जनप्रकाश मा.वि.मुद्धि ३५ प्रतिशत, जनता मा.वि. मैनपोखरी २४ प्रतिशत, राष्ट्रिय मा.वि. लोखरी १५ प्रतिशत, राष्ट्रिय मा.वि. लकडमण्डी १४ प्रतिशत, रघुनाथ आदर्श मा.वि. बौनिया १३ प्रतिशत, मोहन्याल मा.वि. बडहरिया जोशीपुर ११ प्रतिशत, केदारनाथ मा.वि. जोशीपुर ११ प्रतिशत र राष्ट्रिय मा.वि. डहरवेरियामा ८ प्रतिशत विद्यार्र्थी मात्र पास भएका छन् ।