नेपाली कांग्रेसले मनायो जोशीपुरमा धान दिवस

असार १५,
कैलालीको जोशीपुरमा नेपाली कांग्रेसले राष्ट्रिय धान दिवस मनाएको छ । राष्ट्रिय धान दिवस तथा दहि चिउरा खान दिनको रुपमा असार १५ लाई सार्थकता दिन नेपाली कांग्रेसले जोशीपुर गाउ“पालिका ५ नं. वडाको सिमराना गाउ“मा धान रोपाई गरेको छ । ने.का.गाउ“ कार्यसमिति जोशीपुरका सभापति बंशराम बडायकको सभापतित्व, संविधान सभा सदस्य पूर्व माननिय बुद्धिसागर चौधरीको प्रमुख आतिथ्यता तथा क्षेत्रीय सभापति प्रकाश शाह, पूर्व उपसभापति विर बहादुर हमाल, क्षेत्रिय सचिव धनन्जय रिमाल, क्षेत्रिय सदस्य सन्तोष पौडेल लगायत सम्पूर्ण नेपाली कांग्रेशका कार्यकर्ताहरुको उपस्थितिमा दिवस मनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *