
असार १२,
कैलालीको जोशीपुरमा बाल तथा अपाङ्गता मैत्री बातावरण र गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि स्थानिय सरोकारवालाहरुस“ग अन्तरकृयात्मक संवाद कार्यक्रम भएको छ। जोशीपुर क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बाल तथा अपाङगता मैत्री बातावरणको अवस्था, विद्यालयले गरेका पहल तथा प्रयास, आवश्यकता तथा स्थानिय तह तथा सरोकारवालाहरुले गर्नु पर्ने पहल र प्रयास बारेमा संवाद गरि निकासको पाटो खोज्ने उद्देश्यले सिर्जनशील अपाङ्गता सशक्तिकरण समाज जोशीपुरले आयोजना गरेको थियो ।

सिर्जनशील अपाङ्गता सशक्तिकरण समाजका संस्थापक अध्यक्ष जगत बहादुर चौधरीको सभाध्यक्षता तथा जोशीपुर गाउ“पालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको अन्तरकृयात्मक संवाद ट्रान्सफर्म एड ईन्टरनेश्नल र बाल कल्याण संघ टीकापुरले आर्थिक सहयोग गरेको हो ।

सामुदायिक विद्यालय, सार्वजनिक स्थल, सेवा प्रदायक संघ संस्थामा बाल तथा अपाङ्गता मैत्री बातावरण र गुणस्तरीय शिक्षामा जोड दिने र यसका लागि अपुग तथा आवश्यक भौतिक संरचना, शुद्धखानेपानी, स्वास्थ्य सुरक्षा लगायतको विषयमा जोड दिने प्रमुख अतिथि जोशीपुर गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो ।

विद्यालयहरुमा बाल तथा अपाङ्गता मैत्री बातावरण र गुणस्तरीय शिक्षाका लागि विभिन्न प्रयासहरु भई रहेका छन् । तैपनि बाल तथा अपाङ्गता मैत्री बातावरण र गुणस्तरीय शिक्षाका लागि फोकल शिक्षक हुन जरुरी छ । बसाई व्यवस्थापन हुन जरुरी छ। फरक किसिमको खेल तथा शिक्षण सिकाई हुन जरुरी छ। स्थानिय सरकारले नियमित अनुगमन गर्न आवश्यक छ । आवश्यकता अनुसार व्यवस्थापन गर्न जरुरी छ। अभिभावक सचेतना तथा प्रविधियुुक्त शैक्षिक सिकाई हुन आवश्यक रहेको विद्यालयका प्र.अ. एवं. प्रतिनिधिहरुको भनाई रहेको थियो । लगानी होस या निर्देशन होस् नितिगत रुपमा लागु गर्न जरुरी रहेको र शिक्षा शाखा जोशीपुरले यसका लागि प्रयास भईरहेको जोशीपुर गा.पा. शिक्षा परामर्शकर्ता योगेश जोशीले बताउनुभयो । त्यसका लागि अभिभावक शिक्षा परिचालन गर्ने पनि उनले बताए । कार्यक्रमलाई यकेन्द्र तिमिल्सिनाले शहजीकरण गर्नु भएको थियो ।