जोशीपुरमा चट्याङले एक जनाको मृत्यु एक जना घाइते

असार १२,
कैलालीको जोशीपुरमा चट्याङले एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउ“पालिका वडा नं. ३ स्थित भितरीया वस्ने वर्ष ३२ का जयराम डंगौराको आज विहान करिव ७ः३० बजेको समयमा घर देखि ३ सय मिटर पूर्व आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ पर्न गई घाईते लाई स्थानिय मेडिकल महापार्वती मेडिकलमा उपचार गर्ने क्रममा ९ः०० बजेको समयमा मृत्य भएको ईलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ ।
त्यसै गरि भजनी नगरपालिका वडा नं. ६ महादेउली निवासी वर्ष ५५ का राम बहादुर चौधरी सोही समयमा चट्याङ पर्दा घाईते भएका छन् र उनको दाहिने हातमा चट्याङले जलाएको छ । उनलाई उपचारका लागि धनगढी रिफर गरेको पनि ईलाका प्रहरी जोशीपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *