जोशीपुरका मुक्त कमैयाहरुको समस्या जस्ताको त्यस्तै

असार १२,
कैलालीको जोशीपुरमा मुक्त कमैया समस्या समाधानका लागि पालिका स्तरिय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। मुक्त कमैया समाज को आयोजनामा मुक्त कमैयाहरु र स्थानिय सरकार विच अन्तरकृयात्मक कार्यक्रम जोशीपुर जेसीज हलमा सम्पन्न भएको हो । मुक्त कमैयाहरुले स्थानिय सरकारले आफ्नो समस्या समाधान गर्ला भन्ने आशा नभएको बताएका छन् । मुक्त कमैया समाज जोशीपुर गाउ“ कमिटि अध्यक्ष गणेश चौधरीका अनुसार जोशीपुरको मुक्त कमैया वस्ती रामनगर शिविर अझै पनि अव्यवस्थीत छ । तमाम मुक्त कमैयाहरु रामनगर शिविरको बस पार्कको क्ष्ँेत्रमा अलपत्र रुपले बसोबास गरिरहेको छन् । कतिपय मुक्त कमैयाहरुलाई सरकारले ५/५ कट्ठा जग्गा दिएकोछ । धेरैलाई १ कट्ठा, २ कट्ठा दिएको छ । सरकारले दिएको जग्गाको लालपुर्जाको अझै पनि श्रेष्टा कायम भएको छैन । कतिपय मुक्त कमैयाहरुलाई निसा वितरण गरिएको छ तर त्यसमा कित्ता नम्बर नै छैन । उनले भने “हाम्रो समस्या प्रति सरकारले ध्यानाकर्षण गरिदिनु प¥यो ।”

कार्यक्रमका प्रमुख अतिथि एवं जोशीपुर गाउ“पालिका अध्यक्ष चित्र बहादुर चौधरीले आफु निर्वाचित भएर आए पश्चात मुक्त कमैयाहरुले मौखिक रुपमा आफ्नो समस्या लिएर आएको बताए । उनले भने “त्यतिवेला तपाईहरुको समस्या के के छ ? लिखित रुपमा, कागजात सहित लिएर आउनुस् भनेको थिए तर कोहि चा“सो देखाएन । समस्याको फाईल लिएर कोहि पनि आएन । तैपनि सरकारले मुक्त कमैयाहरुको बालबालिकाहरुको उच्च शिक्षाका लागि कृषि जे.टि.ए. स्थानिय सरकारले निशुल्क पढाउने निति ल्याएको थियो तर मुक्त कमैयाका बालबालिकाहरु कोहि भेटिएनन् । आजको कार्यक्रम उपलब्धीमुलक भएको छ । तपाईहरुस“ग अन्तरकृया भएको छ । समस्या के के छ बुझियो । अव हाम्रो मुक्त कमैयाको समस्याको सकारात्मक प्रयास र पहल रहने छ ।”

त्यसै गरि वडा नं. ३ का अध्यक्ष रेणु कुमारी डंगौराले मुक्त कमैयाहरुलाई स्वरोजगार बनाउन विभिन्न तालिम लिएर गएको बताए । उनले भने “तालिमका लागि कैयौं पटक प्रयास गरियो तर चाहे जस्तो उपस्थिति र चा“सो देखिएन । आय न्यून भएका मुक्त कमैयाहरुको आयस्रँेत बढाउन कृषि तालिम, पशुपन्छी तालिम, गोंरी बुन्ने जस्ता महिला उद्यमी तालिम दिने प्रयास भयो तर उपस्थिति नै न्यून भएर कार्यक्रमहरु अपेक्षा अनुरुप भएन । तपाईहरुको आवश्यकता के छ । त्यस विषयमा समूह गत निर्णयहरु सहित कार्यक्रमको माग राख्नुस् हामी सम्बोधन गर्ने छौं ।”

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि जोशीपुर गाउ“पालिका उपाध्यक्ष रेखा देवी कठरियाले मुक्त कमैयाहरुको माग सम्बोधन गर्नुपर्ने बताए । “तपाईहरुको माग के हो स्पष्ट हुन जरुरी छ । मागलाई संगठनिक रुपमा सरकार समक्ष ल्याउन सके सम्बोधनमा सरकारको ध्यानाकर्षण चा“दै हुन्छ ।” उनले भने ।

“नेपालमा कृषिमा आधारित बंधुवा श्रमको अन्त्य” मुल नाराका साथ संचालन गरिएको अन्तरकृया मुक्त कमैया समाजका केन्द्रिय सदस्य सिता चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई बन्धु चौधरीले शहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *