
जेठ १९,
कैलालीको भजनीमा १ दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । सन्जिवनी अस्पताल धनगढीको प्राविधिक सहयोग तथा भजनी नगरपालिका स्वास्थ्य शाखाको सहकार्यमा शिविर सम्पन्न भएको हो । शिविरमा जनरल सर्जन डा. शंकर अधिकारी, अर्थो सर्जन डा. मोहन नाथ, कन्सल्टेण्ट फिजिसियन डा. सुमन चौधरी र डेन्टर डाक्टर अमृत जैशी सहितको टोलीले शिविरमा विरामी चेकजाँच गरेका थिए । विहान १० बजेदेखि सुरु भएको निशुल्क शिविरमा २ सय ४० जना विरामीले सेवा लिएका छन् ।

निशुल्क स्वास्थ्य शिविर नगर प्रमुख केवल चौधरीको सभाध्यक्षता, भजनी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुर्य बहादुर सिंहको प्रमुख आतिथ्यता, वडा नं. १ का वडा अध्यक्ष धमेन्द्र श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष केशव वुढा, सञ्जीवनी अस्पताल धनगढीको प्राविधिक टोली लगायतको उपस्थितिमा शिविरको समुद्घाटन भएको थियो । औपचारिक कार्यक्रमलाई भजनी न.पा. स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले सहजीकरण गर्नु भएको थियो ।

दुरदराजमा रहेका विज्ञ सेवा लिन पहुँच नभएका गरिव जनताहरुलाई आफ्नै घरदैलोमा विशेषज्ञ सेवा उपलब्ध गराउन भजनी नगरपालिकाले सञ्जीवनी अस्पताल सँग सहकार्य गरि शिविर सञ्चालन गरेको न.पा. प्रमुख केवल चौधरीले बताउनु भयो ।
