हस्तकलालाई पर्यटनसँग जोड्न जोशीपुरमा गोंरी बुन्ने तालिम

जेठ १६,
कैलालीको जोशीपुरमा गोंरी बुन्ने तालिम सम्पन्न भएको छ । २०८१ साल जेठ ७ गते देखि सुरु भएको विपन्न दलित र मुक्त कमलहरी महिलाहरुलाई सिप विकास अन्तरगत ढकिया बनाउने तालिम जेठ १६ गते समापन भएको हो । १० दिनको तालिममा हस्तकला सिपबाट ढकिया, फेरुवा, पन टोप्ना, सुप्पा, फुलदानी, नोन्ही, जग, टोपी, खुत्रुके, डिलिया, रोटी राख्ने हटकेस, श्रृङ्गारदानी लगायतका सामग्री बनाउन सहभागि प्रशिक्षार्थीहरु सिकेका छन् ।

हस्तकला सिपलाई प्रवद्र्धन गरि पर्यटनसँग जोड्न सके मनग्य आमदानी लिन सक्नुका साथै महिलाहरु स्वरोजगार बन्ने प्रमुख अतिथि जोशीपुर गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो । विशेष गरि पहिचानको मुद्धा लिएर आफु स्थानिय सरकार प्रमुख बनेको जानकारी दिंदै तालिमले आफ्नो पहिचान खुल्ने चिज वस्तु, कलासिप देख्दा हर्षित भएको पनि उनले बताए ।

गोंरीबाट बनेका विभिन्न सामग्रीहरुको माग वढ्दै गएसँगै तालिम प्राप्त महिला दिदिबहिनीहरुले बनाएको सामग्रीहरुले मुल्य पाउने कार्यक्रमका सभाध्यक्ष जोशीपुर गा.पा. उपाध्यक्ष रेखादेवि कठरियाले बताउनु भयो । विशेष गरि धान रोपाई सकेपछि गोंरी विन्ने चलन थारु समुदायमा रहेपनि अहिले यो लोपुन्मुख अवस्थामा रहेको छ । वाहिर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा माग बढ्यो तर गोंरी विन्ने चलन हराउँदै गएको छ । थारु समुदायको पहिचान खुल्ने यो तालिमका लागि आवश्यक मुंज, पुँजा, छेड्ना, कैंचि लगायतका सामग्रीहरु पनि लोप हुँदै गईरहेको छ।

तालिमका लागि कच्चा पदार्थ जोशीपुर गाउँपालिका क्षेत्र भित्र नपाउनु दुखद विषय रहेको उनले बताए । पहिले आफ्नो घरमा प्रयोग गर्नका लागि मात्र गोंरीबाट विभिन्न सामग्री बनाईन्थ्यो । आफ्नो छोरीहरुको विवाहमा पहुँराको रुपमा ढकिया, भौंका, फेरुवा, पनटोपा लगायतका सामग्रीहरु दिने चलन थियो । त्यो अवको समयमा केहि कतै मात्र देख्न सकिन्छ । यति राम्रो सिपबाट उत्पादन भएस्को सामग्रीलाई व्यवसायिक रुपमा विदेशमा विक्र गर्न सेके अर्थात व्यवसाय सँग जोड्न सके सिपको प्रवद्र्धनमो टेवा पुग्ने वहाँले बताउनु भयो ।

त्यसै गरि कार्यक्रमका विशिष्ट अतिथि वडा नं. ७ का वडा अध्यक्ष बमब बहादुर शाहले हातबाट बुनेको सामग्रीलाई विदेशीहरु धेरै मन पराउने भएकोले यसको माग धेरै बढिरहेको बताउनु भयो । सिक्दा समय लाग्न सक्छ तर यसको मूल्य पनि तपाई पाउनु हुन्छ भन्ने भनाई पनि वहाँले राख्नु भएको थियो ।

गोंरी बुन्ने तालिमका लागि १० दिन धेरै छोटो समय रहेको सहभागिहरुको भनाई रहेको छ । कमसेकम १ महिना सम्म तालिम भएको भए राम्रो बुट्टादार गोंरी बनाउन सिक्नुका साथै थप सामग्री बनाउन सकिन्थ्यो भन्ने भनाई सहभागिहरुको रहेको थियो । महिलाहरुलाई यो तालिम दिएकोमा सहभागिहरु खुशी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *